गोविन्द यस् सुदुरपश्चिम टुडे। नेपालमा सीमा सम्बन्धी भारत विरुद्ध आन्दोलन गर्दा भारतमा रहेका नेपालीहरुलाई निकै अप्ठ्यारोमा झेल्नु परेको छ । नेपालमा भारतीय प्रधानमन्त्री पुत्ला जलाउने नेपालमा रहेका भारतीय नागरिकलाई लखेट्ने जस्ता कार्यले गर्दा भारतमा रहेका नेपाली नागरिकहरूलाई निकैअसहज भएको हो। भारतमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन सम्बन्धित निकायले पनि ध्यानाकर्षण गर्नु जरुरि छ। अझै पनि भारतको विभिन्न ठाउँमा नेपालीहरुको धेरै संख्यामा रहेका छन्। भारतमा रहेको नेपाली राजदूतावासले पनि यस विषयलाई गम्भीर भएर हेर्न जरुरी देखिन्छ। घर फर्कन् चाहन्छौं। भारत विरुद्ध प्रदर्शन गर्नुपर्दैन भन्नेचाहिँ भनाइ होइन। देशलाई बचाउन हाम्रो दायित्व हो। भारतको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई भित्र्याएर मात्र विरोध गर्नुपर्छ हाम्रो माग हो भारतमा रहेका नेपालीहरूको भनाइ छ। देशप्रतिको हाम्रो कर्तव्यलाई हामीले कहिल्यै भुल्नु हुँदैन । देश रहे हामी रहन्छांै । त्यसकारण देशको अस्तित्व बचाउन सबै नेपाली एक हुनुपर्छ । आफ्नो देशको शिर उचो राख्न हामी समग्र नेपालीको पहल आवश्यक...