Skip to main content

बैतडीको सुर्नया गाउँपालिका ढोल्यामोडमा पहिलोपटक प्रहरी पोष्टको स्थापना

गोबिन्द यस् सुदुरपश्चिम टुडे।  अपराधिक घटना र वन्यजन्तुको चोरीनिकासी बढ्न थालेपछी बैतडीको सुर्नया गाउँपालिका ८ ढोल्यामोडमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्लाका ३ स्थानीय तहको मिलन बिन्दुका रुपमा रहेको ढोल्यामोड क्षेत्रमा अपराधिक घटना र वन्यजन्तुको चोरीनिकासी न्युनीकरण गर्न प्रहरी पोष्ट स्थापना गरिएको हो । ढोल्यामोड सुर्नया गाउँपालिकाका साथै सिगास गाउँपालिकाका र पुर्चौडी नगरपालिकाको मिलन बिन्दुका रुपमा रहेको छ ।

आइतबार प्रहरी पोष्टको एक औपचारिक कार्याक्रमकाबिच उद्घाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर रहनुभएको थियो । यस्तै कार्यक्रममा बैतडीका प्रहरीप्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारी, सुर्नया गाउँपालिका अध्यक्ष वीर वहादुर विष्ट र उपाध्यक्ष लिला विष्ट, सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामी र उपाध्यक्ष द्रोपती चन्द लगायत वडाअध्यक्ष र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गतको बजार क्षेत्र भएकाले अन्य अपराधिक क्रियाकलाप पनि न्युनीकरण हुने विश्वास गरिएको छ । कार्यक्रममा बोल्नुहुदैं पुर्चौडी नगरपालिकाका प्रमुख कुँवरले पोष्ट स्थापनाले शान्ति सु व्यवस्था कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी जोशीले अपराधिक क्रियाकलाप र वन्यजन्तु चोरीसिकारी नियन्त्रण गर्नका साथै शान्ति सुरक्षाका लागि पोष्टले काम गर्ने बताउनुभयो । हाललाई घर भाडामा लिएर बस्ने पोष्टको बार्षिक भाडा तिनै स्थानीय तहले चार चार महिनाको तिर्ने जनाईएको छ । हाललाई पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ५ जनाको टोली बसेको प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।

Comments

Popular posts from this blog

ओम सुनार र मिलन रोकया को“राइझुमा” सार्वजनिक

  गोबिन्द यस् पश्चिम खबर। गायक  तथा संगीतकार ओम सुनार र मिलन रोकायाको गीत “राइझुमा” सार्वजनिक गरिएको छ । मिलन रोकाया शब्द रहेको “राइझुमा” मा गायक सुनारको संगीत तथा एरेन्ज रहेको छ ।गीतको भिडियो ओमले आफ्नै आधिकारिक यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।  सुदुर पश्चिममा निकै रुचाइने देउडामा आधारित गीत “राइझुमा”को भिडियोमा मिलन रोकाया र गरिमा शर्मालाई फिचार्ड गरिएको छ। सेर साउदको निर्देशन रहेको भिडियोमा बिष्णु शर्माको सम्पादन र बासु बरालको छायांकन रहेको छ । ओम सुनारले बाबु कान्छा,झमक बहादुर, नेप्टे, बुद्ध वाज बोर्न इन नेपाल लगायत दुइ दर्जन भन्दा बढी नेपाली चलचित्रहरुमा स्वर दिएसकेका छन् ।कोरोना कहरकै बिचमा उनले तिज गित “बारीको पाटामा” आफ्नो दर्शक हरु माझ ल्याएका थिए एलिना चौहान संग गाइएको उक्त गीतले राम्रै चर्चा बटुल्न सफल भएको थियो। भिडीयो हेर्नुहोस्।

भुमिराज को मन्दिरमा पुजा आराधना कार्यक्रम सु- सम्पन्न ( फोटो फिचर सहित)

  गो विन्द यस् पश्चिम खबर।   भुमिराजकाे मन्दिरमा आज देखी पुजा कार्यक्रम सु- सम्पन्न भएको छ। आश्विन   शुक्ल   प्रतिपदा का दिनलाई  घटस्थापना  भनिन्छ । यसै दिनदेखि  नवरात्रि  आरम्भ हुन्छ ।  यसै दिन देखि भुमिराज मन्दिर मा पुजा कार्यक्रम  सम्पन्न गरिन्छ  । एक कृत्य यस दिन  जमरा  राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न  जौ  छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।  भुमिराज मन्दिर मा पुजा आराधना गरिँदै। माता  भगवती लाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जल...

न छुटौ पिरिम को डोरी म्युजिक भिडियो सार्वजनिक

धनगढी, असोज ६ गते । नेपाली सँगित क्षेत्रमा थुप्रै सांगीतिक कोसेलीहरु बजारमा प्रतिस्पर्धामा छन । तापनि सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गीत संगितको बेग्लै महत्व रहेको छ । देउडा गीत नेपाल सुदूर तथा मध्य क्षेत्रमा गाईने प्रचलित लोक गायन शैली हो। लोक डेउडा आदी नाम दिएको पाइन्छ। यो भाषा खासगरी बैतडी ,अछाम , बझाङ,बाजुरा , दार्चुला , डोटी , डडेलधुरा, कालिकोट,जुम्ला, दैलेख , जाजरकोट र हुम्ला जिल्लाहरूमा खेलिन्छ । बिसेष गरि सुदुर पश्चिम र मध्य पश्चिम मा देउडा खेल को धेरै नै महत्तो रहेको पाईन्छ। देवताल म्युजिक प्रा लि को प्रस्तुति मा न छुटौ पिरिम को डोरी देउडा एक्प्रेस युटुुब च्यानलबाट सार्वजनिक भएको छ । जसमा स्वर चर्चित देउडा गायक महेश कुमार औझी र चर्चित गायिका कल्पना बि.सी को रहेको । भने शब्द उपेन्द्र मायालुछ भने लय चाहिँ राहुल बि.सी को रहेको । सुदुर पश्चिम को अति रमणीय ठाँउ कैलालीको गोदावरीमा छायांकन गरिएको म्युजीक भिडियोमा गोबिन्द धामी, कोपिला ठकुरी, राजन भण्डारी, सरोज रोकाया, एंन दौल्यल र पदमा खड्का अभिनय गरेका छन् भने निर्देशन रबि आउझी ले गरेका छन् । तेसैगरी उक्त देउडा गी...