Skip to main content

Posts

कल्पना दाहाल र प्रदिप रोक्का दोहोरी च्याम्पियनमा विजेता।

 गोविन्द यस् धामी पश्चिम खबर । चर्चित गायिका कल्पना दाहाल र प्रदिप रोक्काको टीम दोहरी  च्याम्पियन मा विजय भएको छ । दोहोरी प्रतियोगिताको पहिलो भाग बिबादित बनेपनि यो भागमाा भने  सुधार गरेर आएको प्रष्ट देखिन्छ। कल्पना दाहाल र प्रदिप रोक्काको टीमअर्को राउनड खेलको लागि प्रवेश भएको छ।सबैको जिज्ञासालाई मेटाउने गरि कार्यक्रम अझै सभ्य र भब्य बनाउने  जानकारी  दिनु भएको छ। कार्यक्रम मा मिर्मि मुनि र काली परे दाइ गरि दुइओटा गीतमा दोहोरी खेलेका थिए। प्रदिप र कल्पनाको पक्षमा ६ सय १२ दशमलब ५ मत प्राप्त भएको थियो भने बिक्रम बाबु विश्वकर्मा र लक्ष्मी बस्नेतको पक्षमा ६ सय ७ मत प्राप्त भएको थियो। 

सूर्य चिन्ह केपी ओलीलाई नै दिने सर्वोच्च अदालत को फैसला

गोविन्द यस् धामी पश्चिम खबर।   सर्वाेच्च अदालतको फैसलासँगै सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको पार्टीले पाएको छ । सूर्य चिन्ह कसले पाउने भन्ने धुमधाम लडाई चलिरहेको थियो । यो लडाईंको निराकरण फरक ढंगले भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र दुई पार्टीको एकीकरण भंग भएसँगै दुवै पार्टी पूरानै अवस्थामा फर्किएका छन् । पूरानो अवस्थामा फर्कनासाथ सूर्य चिन्ह स्वत केपी शर्मा ओली नेतृत्वको पार्टी अर्थात् नेकपा एमालेको भएको छ । सर्वाेच्चको फैसलामा चुनाव चिन्ह बारे उल्लेख छैन । तर, दुवै पार्टी पूरानै अवस्थामा फर्कनासाथ सूर्य चिन्ह स्वत केपी ओली पक्षको भएको हो ।  नेपाली राजनीतिमा सूर्य चिन्ह सर्वाधिक प्रभावशाली ब्राण्डको रुपमा रहँदै आएको छ । ठूलो राजनीतिक उतारचढाव बीच पनि सूर्य चिन्ह हात पार्नुलाई केपी ओली पक्षले महान विजय भनेको छ ।

लालुमै को अपार सफलतापछि सन्दिप न्यौपानेको सान्बाबु सार्वजनिक

 गोविन्द यस् धामी पश्चिम खबर ।पछिल्लो समयमा नेपाली लोक गितको बजार निकै विस्तार भएको छ । हुनत तुलनात्मक रुपमा रंगिन दुनियाका अन्य विधामा भन्दा लोक गितका गायन र अभिनय विधाले कलाकारलाई सामान्य जिवन यापनमा सहज गराउने गरेको छ । चाडवाड,नयाँ वर्ष र उत्सवहरुको अवसरमा यस बिधाका कलाकारहरु बढीनै व्यस्त देखिने गरेका छन् । नाम अनि दाम दुवै हुने भएकोले पनि यो विधालाई रोज्ने युवा पिढिको जमात पछिल्लो समयमा बढ्दै गएको छ । त्यसो त आफ्नौ सौख पुरा गर्नका निमित्त पनि यो क्षेत्रमा होमिने युवा युवतिको जमात पनि उत्तिकै छ । नेपाली संगितमा होमिएका एक युवा हुन गायक तथा मोडल सन्दिप न्यौपाने । पछिल्लो समयमा लोक,आधुनिक र लोक पप गितमा आफुलाई निखार्दै अघि बढेका सन्दिपको एक पछि अर्को गित बजारमा आउदैछन र त्यस अनुरुप सफलता पनि पाईरहेका छन् । लालुमै को अपार सफलतापछि सन्दिप न्यौपानेको सान्बाबु सार्वजनिक भएको छ। उक्त गीतमा सम्झना भण्डारी र सन्दिप न्यौपानेको स्वर रहेको छ भने स्मारिका र संदिप न्यौपाने को दमदार अभिनय रहेको छ। र लय शब्द स्वयम गायक तथा मोडल न्यौपानेकै रहेको छ। र निर्देशन प्रकाश भट्टको र सम्पादन भने विष्णु श...

राम शीलाल म्युजिक को प्रस्तुतिमा कि सिंउदो मेटिजा भाग २ सार्वजनिक (भिडियो सहित)

    गोविन्द यस् पश्चिम समाचार।    राम शीलाल म्युजिक को प्रस्तुति मा पुरन परियार र सनम औजी को कि सिंउदो मेटिजा भाग २ राखिन सिंदुर को मान सुदुर धमाका युटुुब च्यानलबाट सार्वजनिक भएको छ ।  राम शिलाल म्युजिक सेन्टर ले भारत को पुणे मै छायांकन गरिएको यस गीत मा स्वर रहेको छ राम शिलाल र कल्पना बि सि को रहेको छ भने राम शिलाल र खुस्बु भट्टराइ सनम आउजी को अभिनय गरेका छन्। पुरन परियार र सनम औजी को लय शब्द  रहेको छ भने गित लाई एरेन्ज विजय थापा ले। गर्नु भएको छ र निर्देशन भने रुपा शिलाल ले गर्नु भएको छ। छायांकन सम्पादन रबि आउजिले गर्न भएको छ।अडियो भिडियो निर्माण शिलाल म्युजिक ले गर्नु भएको छ।   प्रवास मा रहेर पनि राम शिलाल म्युजिक ले थुप्रै नेपालि देउडा तथा लोक दोहोरी गीत को रेकर्डिङ र छायांकन गर्दै आएको पनि जानकारि दिनु भयो। नेपालि  भासा कला को जोगेर्ना गर्ने उद्देश्यले हामी लागि रहेको को पनि गायक राम सिलालले जानकारी दिनु भएको छ । र अझै दर्जनौ गीत अझै छायांकन हुन बाँकि नै रहेको पनि जानकारी गराउनु भएको छ। भिडीयो हेर्नुहोस्।

प्रवीण बाँस्तोला मृत्यु-प्रकरण: सरकारी वकिलले गर्‍यो ६ जना विरुद्ध मुद्दा दर्ता

 गोविन्द यस् धामी पश्चिम खबर। उर्लाबारी-५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु भएको घटनामा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ। सरकारी वकिलको कार्यालयले पक्राउ परेका दुई जना र फरार भएका ४ सहित ६ जनाविरूद्ध मोरङ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो। प्रहरीले पक्राउ गरेका होटल संचालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई र प्रवीणका साथी मोरङ रतुवामाई नगरपालिका-१० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जीसहित अन्य चार जनालाई फरार प्रतिवादी बनाएर मंगलबार अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यले जानकारी दिए। सोही मुद्दामा प्रवीणका साथीहरू उर्लाबारी नगरपालिका ६ प्रगति टोलका १९ वर्षीय सुदीप परियार, सोही ठाउँका ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका ९ का ३१ वर्षीय दिपेश पौडेल र प्रवीण शव भेटिएको घरधनी उर्लाबारी ६ फिल्म हल छेउका ६० वर्षीय रमेश गिरीलाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता भएको हो। अदालतमा अभियोग दर्ता भएपछि पक्राउ परेका...

गोबर ग्यास को सेफ्टी ट्याकी बाट खसेर कैलारीमा एक जना को मृत्यु

 गोविन्द यस् धामी पश्चिम खबर।   कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८ हसुलियामा बुधबार साँझ ५२ वर्षीय टीकाबहादुर थापाको गोबर ग्यासको सेफ्टी ट्याकीमा खसेर मृत्यु भएकोे छ ।  मृतक थापाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ र घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए ।

सर्वोच्च अदालतको फैसला सामान्य यसले मलाई कुनै असर पर्दैन। प्रधानमन्त्री केपि शर्मा ओली

  गोविन्द यस् धामी पश्चिम खबर।  प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला सामान्य भएको र यसले आफूलाई कुनै असर नगर्ने बताउनुभएको छ । बुधबार (आज) ‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसलाले आफूलाई कुनै असर नगर्ने बताउनुभएको हो । त्यस्तै, उहाँले आफू प्रधानमन्त्री छँदासम्म राम्रो काम गर्ने पनि बताउनुभयो । मंगलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको खुसीयालीमा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले लड्डु ख्वाइ ख्वाइ गरेका थिए । सोही विषयलाई लिएर प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मेरा भाईहरुले लड्डु ख्वाइ ख्वाइ गरेका छन् । जिते भनेका छन् । के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछ हेर्नु छ ।’ त्यस्तै, उहाँले जिन्दगीको कुनै ठेगान नभएको र जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो, भन्दै भन्नुभयो, ‘भोलि–पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि भन्ने लागिरहेको छ । राजीनामा देउ, राजीनामा देउ । त्यतापट्टी चिन्ता गर्नु पर्दैन । को मान्छे कतिखेर हर्टअट्याक भएर मर्न स...