Skip to main content

प्रवीण बाँस्तोला मृत्यु-प्रकरण: सरकारी वकिलले गर्‍यो ६ जना विरुद्ध मुद्दा दर्ता

 गोविन्द यस् धामी पश्चिम खबर। उर्लाबारी-५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु भएको घटनामा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ।

सरकारी वकिलको कार्यालयले पक्राउ परेका दुई जना र फरार भएका ४ सहित ६ जनाविरूद्ध मोरङ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो।



प्रहरीले पक्राउ गरेका होटल संचालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई र प्रवीणका साथी मोरङ रतुवामाई नगरपालिका-१० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जीसहित अन्य चार जनालाई फरार प्रतिवादी बनाएर मंगलबार अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यले जानकारी दिए।


सोही मुद्दामा प्रवीणका साथीहरू उर्लाबारी नगरपालिका ६ प्रगति टोलका १९ वर्षीय सुदीप परियार, सोही ठाउँका ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका ९ का ३१ वर्षीय दिपेश पौडेल र प्रवीण शव भेटिएको घरधनी उर्लाबारी ६ फिल्म हल छेउका ६० वर्षीय रमेश गिरीलाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता भएको हो।


अदालतमा अभियोग दर्ता भएपछि पक्राउ परेका होटल संचालक राई र दर्जीको बयान सकिएको मोरङ अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए।


मोरङ अदालतका ७ नम्बर इजलासमा प्रतिवादीहरूको बयान सकिएको छ। प्रतिवादीहरूको बयान सकिएकोले बिहीबार थुनछेक बहस हुने स्रेस्तेदार दाहालले बताए।


गत पुस ५ गते प्रवीणको मृत अवस्थामा उनको साथीको डेरामा शव फेला परेको थियो।


प्रहरीले लापरबाहीपूर्ण रूपमा अनुसन्धान गरेको भन्दै मृतकका आफन्त र स्थानीय आन्दोलित भएका थिए।


शंकास्पद रूपमा मृत्यु भएको घटनामा प्रहरीको अनुसन्धान प्रतिवेदन (मिसिल) मा मृतककको अर्कै फोटो परेको भन्दै उनीहरूले इलाका प्रहरी कार्यालय उर्लाबारी, जिल्ला सरकारी वकिलको कार्यालय घेराउ गरेका थिए।


मृतकका आफन्त र परिवारलाई मुद्दा दर्ता गर्ने र अनुसन्धान संलग्न प्रहरीले लापरबाही गरेको भेटिए कारबाहीको दायरमा ल्याउने विश्वास बनाएपछि आन्दोलन साम्य भएको छ।


मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले घटनामा संलग्न दुई जना प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिए।


‘प्रहरीको अनुसन्धानलाई लिएर सामाजिक सञ्जालमा अनेक खाले टीकाटिप्पणी गरेको पाइयो,’ उनले भने, ‘तथ्यमा रहेर प्रहरीले अनुसन्धान गरेको छ। लापरबाही गरेको पाइए कारबाहीको दायरामा ल्याउनेछौं। अनुसन्धानमा लापरबाही गर्नेलाई छुट हुँदैन सबैलाई विश्वस्त हुन आग्रह गर्दछु।’ 

सेतोपाटीबाट साभार

Comments

Popular posts from this blog

ओम सुनार र मिलन रोकया को“राइझुमा” सार्वजनिक

  गोबिन्द यस् पश्चिम खबर। गायक  तथा संगीतकार ओम सुनार र मिलन रोकायाको गीत “राइझुमा” सार्वजनिक गरिएको छ । मिलन रोकाया शब्द रहेको “राइझुमा” मा गायक सुनारको संगीत तथा एरेन्ज रहेको छ ।गीतको भिडियो ओमले आफ्नै आधिकारिक यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।  सुदुर पश्चिममा निकै रुचाइने देउडामा आधारित गीत “राइझुमा”को भिडियोमा मिलन रोकाया र गरिमा शर्मालाई फिचार्ड गरिएको छ। सेर साउदको निर्देशन रहेको भिडियोमा बिष्णु शर्माको सम्पादन र बासु बरालको छायांकन रहेको छ । ओम सुनारले बाबु कान्छा,झमक बहादुर, नेप्टे, बुद्ध वाज बोर्न इन नेपाल लगायत दुइ दर्जन भन्दा बढी नेपाली चलचित्रहरुमा स्वर दिएसकेका छन् ।कोरोना कहरकै बिचमा उनले तिज गित “बारीको पाटामा” आफ्नो दर्शक हरु माझ ल्याएका थिए एलिना चौहान संग गाइएको उक्त गीतले राम्रै चर्चा बटुल्न सफल भएको थियो। भिडीयो हेर्नुहोस्।

भुमिराज को मन्दिरमा पुजा आराधना कार्यक्रम सु- सम्पन्न ( फोटो फिचर सहित)

  गो विन्द यस् पश्चिम खबर।   भुमिराजकाे मन्दिरमा आज देखी पुजा कार्यक्रम सु- सम्पन्न भएको छ। आश्विन   शुक्ल   प्रतिपदा का दिनलाई  घटस्थापना  भनिन्छ । यसै दिनदेखि  नवरात्रि  आरम्भ हुन्छ ।  यसै दिन देखि भुमिराज मन्दिर मा पुजा कार्यक्रम  सम्पन्न गरिन्छ  । एक कृत्य यस दिन  जमरा  राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न  जौ  छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।  भुमिराज मन्दिर मा पुजा आराधना गरिँदै। माता  भगवती लाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जल...

कैलालीकाे कैलारी गाउँपालिका डुबानमा, नेपाल प्रहरी संघ संस्था र स्थानीय र प्रतिनिधि को उपस्तिथिमा उद्दार गरिदैं

गोविन्द यस् धामी  धनगढी   : हिजो रातिदेखि परेको वर्षाका कारण २६० भन्दा बढी घरमा पानि पसेको हो।कैलारी ७ को बाढीपीडित गाउँ हरुको पालिका अध्यक्ष राज समझ चौधरी ज्यु प्रशासकिय अधिकृत वीर बहादुर ऐर ज्यु नेपाली सेना ससस्त्र प्रहरी नेपाल प्रहरी संघ संस्था र स्थानीय प्रतिनिधि को उपस्तिथिमा अनुगमन तथा उद्दार गरिदैंछ। कैलारी गाउँपालिकाका वडा नं ७ का अध्यक्ष  दिपेन्द्र बमले दिएको जानकारी अनुसार कैलारी गाउँपालिकाका भुँइयाँफाटा, रामपुर, वसन्ताका बस्तीमा पानि पसि २६० घरपरिवार बिस्थापित भएको बताएका छन्।  डुबान भएका बस्तीका परिवार लाई अहिले उद्धार गरिरहेको बताएको छ।आबस्यक राहत प्याकेज को ब्यबस्था गर्ने गाउँ पालिका अध्यक्ष राज समझ चौधरी ले गर्ने जानकारी दिनु भएको छ।