Skip to main content

दुख कष्ट बाट नै सुरु गरे गीतसंगीत यात्राः गायक केशर लामा

गोविन्द यस, धनगढी/ दोलखा जिल्लाको लामाबगर गा वि स ४ गोङ्गर डाडामा जन्मिएका केशर लामा सानै देखि गित संगितको पाराखी थिए । मिलनसार र जिवनयात्रा र सृजनात्मक सोचाई राख्ने केशर लामा एलएलसी सम्मको पढाई गाउकै गौरिशङकर उच्च मावि बाट पुरा गरि ंकक्षा १२ सदरमुकाम चरिकोट मा रहेको गौरिशङकर क्याम्पस बाट पुरा गरेका हुन् ।​
बि.सं. २०६८ सालमा पहिलो एल्वम ‘आज अचानक उनलाई सम्झिए’ गितको सफलता पछि अरु धेरै गितहरुमा अफर आएको बताउँछन् । प्रस्तुत छ आर्टिस्ट खबर डटकमका लागि गोविन्द सिंहले गायक केशर लामा सँग गरेको कुराकानीः
आजभोली केमा व्यस्त हुनुहुन्छ ?
​​गीत संगीत बाट टाढा कसरी हुन सक्छु र​, ​आजभोली​ त्यही हो नेपाली लोक तथा दोहोरी गीत संगीतमै छु । ​कहिले रेकर्डिङ अनि कहिले भिडियो शुटिङ यस्तैमा दिन बितिरहेको छ ।​ आज भोलि गितहरु मा लय शब्द गर्दै रेकर्डिङको काम अनि भिडियोको काम पनि भईरहेको छ । ति गित हरु छिट्टै नै बजार म आउने तयारीमा छन् त्यस्तै हो गीत संगीत शब्द संकलन गर्नु भन्नु पर्छ ।
अहिले सम्म कति वटा गीतमा लय तथा शब्द गरिसक्नु भएको छ ?
अहिले सम्म लगभग ४० वटाभन्दा बढी गीतमा लय तथा शब्द गरिसकेको छु र त्यस मध्ये झन्डै डेढ दर्जन गितहरुमा आफ्नै स्वर रहेको छ ।
हजुका एल्वमहरु चर्चाका शिखरमा पुग्नु भएका भन्नु पर्दा ?
चर्चाको शिखरमा पुगेका एल्वमहरुः आज अचानक उनलाई सम्झिए, अमर प्रेमको गाथा, सिन्धुपाल्चोक जुरे घटना, अधुरै भो सपना तिम्रो सिउदो भर्ने र दुई दिनको मिलन, दिनलाई सु्र्य चन्द्र रातिको, पागल बनि मर्छु होला तिमिले छोडि गए, आदि भन्नु पर्छ ।

गीतसंगीत क्षेत्रमा प्रवेश कसरी गर्नु भयो ? अनि को को बाट सपोट मिलि रहेको छ ?
सानै उमेरदेखि गाउमा हुदा खेरि घासदाउरा उकाली ओराली गर्दा र अग्रज कलाकार दाइहरुको गीत सुन्ने गर्थे म पनि त्यस्तै गीत गाएर ठुलो मान्छे हुन पाए जस्तो लाग्थ्यो बिस्तारै पढाई संग संगै स्कुल कलेज हरुमा गीत गाउनको लागि मेरै नाम अगाडी आउथ्यो र मेरो हरेक प्रस्तुतिहरु उत्कृष्ठ हुन्थ्यो नै त्यसमा पनि सबै गुरुहरु र साथि संगीहरुको हौसला र मायाले अझ अघि बढ्ने बहु प्रेरणा मिलेको थियो । एफ एम रेडियो हरुको सांगीतिक प्रोगाम हरुमा फोन गरेर गीत गाउथे धेरै पुरस्कारहरु मेरो हातमा पर्थ्यो र मलाई लाग्थ्यो अब म जसरि भएनी मेरो स्वोर र सब्दमा एउटा गीत निकाल्छु भनेर साच्चिकै पुरा गरे मैले आफ्नो बाल्यकालको सपना । २०६८ सालमा पहिलो एल्बम आज अचानक उनलाई सम्झिए रेकर्ड गरि बजारमा ल्याए मैले धेरै सग सहकार्य गरे गीतसंगीत मै लाग्छु भनेर धेरै सग भेटेर यो क्षेत्र को बारेमा नि बुझे अनि प्रबेस गरे। यो क्षेत्रमा प्रबेस गर्न को लागि मैले दुस्ख,कस्ट, भोक निन्द्रा नभनी धेरै दुखको साथ् प्रबेस गरेको आज म खुसि छु ।
संगित प्रती रुची कसरी बढ्यो र आफ्नै स्वर तपाईँलाई कस्तो लाग्छ ?
जिन्दगी एउटा फुल जस्तै हो जसरि सजाउछौ त्यसरी नै सुन्दरता दिने गर्दछ ओइलिएर नझारे सम्म सुन्दरता दिए जस्तै म पनि पाएको एउटा जिन्दगीमा एउटा राम्रो काम गरेर आफ्नो नामलाई अमर बनाउने सपना बुनेको थिए त्यसमाथि गीतसंगीत भनेसी हुरुक्कै हुने म सानै देखिको सोच र सपना भएरै होला आफु भित्र रहेको सृजना र कलालाई संगीतको धुनमा उनेर सबैलाई सुनाउन मन लाग्थ्यो र मर्न सक्छु होला तर गीतसंगीत प्रतिको चाहना यो मनभरी चुलिन पुग्यो र सबैको स्वोर येउटै खालको हुनु हुदैन फरक स्वोरम फरक स्वाद हुन्छ तेस्तै मेरो स्वोरमा पनि अरुको भन्दा फरक पन छ र आफ्नो स्वोर मिठो र राम्रो लाग्छ ।
कुन कुन समयमा कस्ता कस्ता खाले गीत सुन्न मन पराउनु हुन्छ ?
प्राय एक्लै हुदा र लामो यात्रा गर्दा परिस्थिति अनुसार गीतहरु सुन्ने गर्छु प्रायेजसो साहित्यपनालाई छुवाएर रचना गरेको र मर्मस्पर्सी सृजनाहरु धेरै मन पर्छ र सुन्ने गर्छु ।
​​तपाईंको जीवनसँग मिल्दो गीत,पहिलो यल्बम कुन हो ?
प्राय जसो म कल्पना भित्रै यथार्थ खोज्दै गीतसंगीतको रचना गर्छु र गाउने गर्छु त्यसैले जिबन संग नमिल्ने त कुरै भएन मेरो पहिलो एल्बम आज अचनाक उनलाई सम्झिए हो ।

​​दुःखमा गीत सुन्न मजा हुन्छ कि पीडामा,आफ्नै गीत सुनेर रुनुभएको छ ?
गीतसंगीत भनेको सुख दुखको सारथि हो जसले जिन्दगीको हरेक परिस्थितिमा साथ दिने गर्दछ । हार्मो जिन्दगि सुखले भन्दा दुख र पीडाले नै भरियेक्को हुन्छा र वियोगान्त पीडाले भरिएको कारुणिक भाका नै सुन्दा मजा र आनन्द लाग्छ । गीत संगीत सुन्दा र रचना गर्दा प्राय आखाहरू रसायेकै हुन्छन साएद कल्पना भित्र यथार्थ भएरै होला । सुरुका दिनहरुमा सब्द संगीत र स्वोर्मा ब्यस्त भए पनि बिस्तारै समय र परिस्थिति अनुसार बुझ्दै जादा म आफुलाई पनि भिडियो खेल्न मन लाग्यो र मेरो शब्द लयमा रहेको दुइ दिनको मिलन र अर्को नया सृजना किन मलाई अर्ध पागल बनाएर छोडेउ। बोलको गीतमा म आफै अभिनय गरेको छु र म आफु अभिनयमा नया भए पनि नया संगैकाम गर्ने रुचि राखेको छु ।
स्टेज प्रोग्राम कति को निम्तो मिलि राछ ?
एउटा बिध्यार्थी हु पढाइमा पनि समय जुटाउनु पर्छ र प्राय सब्द संगीतमै ब्यस्त छु नया सृजनाहरुको सब्द संगीत गर्नलाई धेरै अफर मिलेको छ आफ्नो समय मिले अनुसार महोत्सब र सांगीतिक प्रोगाम हरुमा हिडेको छु र डान्स बिटको गीत हरुमा पनि काम गरिरहेको छु ।
अन्तमा के भन्नु चाहन्नु हुन्छ ?
अन्तमा मेरो मनमा भएका कुरा मेरा दर्शक सामु पस्कन अवसर दिनुभयो । भरिको भाबना र बिचारहरुलाई जति पोखाये पनि सकिदैन तर पनि गीत संगीतकै बारेमा भन्नु पर्दा एउटा सगीतमा सब्द गाएर मात्र गीत बनिदैन गीत भित्र एउटा मार्मिकता भाबनाहरुलाई बोलेको सुख दुखको संगम र संगेस्मुलक हुनु पर्छ जस्तो लाग्छ गीत संगीत भनेको हामी स्रस्टा सर्जक को मात्र नभएर हामी सबै स्रोत दर्सक र संगीत प्रेमी हरुको साझा सम्पति हो त्यसैले राम्रा र उत्कृष्ट सृजनाहरुलाई प्राथमिकता दिउ नराम्रा र बिक्रितिपुर्ण गीतसंगीतलाई निर्मुल पार्दै जाउ भलाइ येसैमा हुनेछ केशर लामा तपाईहरुकै मनको आगनीमा छ सधै माया र साथ दिरहनु होला बिगतका दिनहरुमा जस्तै न्यानो साथ र माया पैरखु भन्न चाहन्छु सम्पूर्ण एफ एम रडियो मिडियाहरु जसले मेरो लागि साथ दिनु भएको छ सम्पूर्ण सुभचिन्तक हरुमा पनि सुमधुर सम्झना साथै आर्टिस्ट खबरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

Comments

Popular posts from this blog

शिक्षा मन्त्रालयको नयाँ निर्णय:हप्तामा दुई दिन सार्वजनिक बिदा र शुक्रबार पनि पठनपाठन हुने

गोबिन्द धामी। नेपाल सरकारले शैक्षिक सत्र २०८३ देखि देशभरका शैक्षिक संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनका लागि नयाँ व्यवस्था लागू गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले जारी गरेको पत्रअनुसार अब शनिबार मात्र सार्वजनिक बिदा हुनेछ भने शुक्रबार नियमित पठनपाठन सञ्चालन गरिनेछ। केन्द्रका अनुसार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णय तथा मन्त्रालयको २०८३/०१/२८ को निर्णय बमोजिम विद्यालयहरूले स्वीकृत पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्नुपर्नेछ। जारी निर्देशनमा प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ। सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठन सञ्चालन गरिनेछ भने हिउँदे/वर्षे बिदा अवधि साविकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ। त्यसैगरी, पहिलो र दोस्रो त्रैमासिक मूल्याङ्कन पठनपाठन भएको दिन वा असर नपर्ने गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने उल्लेख छ। वि...

नीति तथा कार्यक्रम बहसमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षको माग

गोबिन्द धामी। संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले दिने तयारी भएपछि बुधबार विपक्षी दलहरूले कडा विरोध जनाएका छन्। प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै बैठकमा नाराबाजी गरेका थिए। उनीहरूले सरकार जनताप्रति जवाफदेही हुनुपर्ने र महत्वपूर्ण राष्ट्रिय विषयमा प्रधानमन्त्री अनुपस्थित हुनु संसद तथा लोकतान्त्रिक अभ्यासप्रति बेवास्ता भएको आरोप लगाए। विपक्षी दलहरूको भनाइ अनुसार नीति तथा कार्यक्रम सरकारको मुख्य राजनीतिक तथा प्रशासनिक दिशासँग सम्बन्धित भएकाले त्यसबारे स्पष्टिकरण र उत्तर सरकार प्रमुखबाटै आउनु आवश्यक छ। संसदमा उठेका प्रश्नहरू जनचासो, पारदर्शिता र जवाफदेहितासँग प्रत्यक्ष जोडिएका कारण प्रधानमन्त्रीको प्रत्यक्ष सहभागिता अझ आवश्यक भएको उनीहरूको तर्क छ। यस घटनापछि संसदमा सरकारको जवाफदेहिता, कार्यशैली र लोकतान्त्रिक अभ्यासबारे बहस अझ तीव्र बनेको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीबाटै स्पष्ट र जिम्मेवार जवाफ आउनुपर्ने मागलाई थप बलियो बनाएका छन्।

कैलालीका विद्यालयमा आइतवार बिदा सम्बन्धी अन्योल : स्पष्ट निर्देशनको माग

धनगढी, वैशाख २८ गते। गोबिन्द धामी। कैलाली जिल्लाका सामुदायिक विद्यालयहरूमा आइतवार सार्वजनिक बिदा दिने वा नियमित रूपमा विद्यालय सञ्चालन गर्ने विषयमा एकरूपता नहुँदा अभिभावक, विद्यार्थी तथा शिक्षकहरू अन्योलमा परेका छन्। केही विद्यालयहरूले आइतवार बिदा दिएका छन् भने केही विद्यालयहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्। सरकारले हालै सार्वजनिक बिदा सम्बन्धी निर्णय गरेपछि जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका विद्यालयहरूले आ–आफ्नै ढंगले निर्णय कार्यान्वयन गरिरहेका छन्। कतिपय विद्यालयहरूले सरकारी निर्णयलाई पूर्ण रूपमा लागू गर्दै आइतवार बिदा दिएका छन् भने केही विद्यालयहरूले पठनपाठनमा असर पर्ने भन्दै विद्यालय सञ्चालन गरिरहेका छन्। यस अवस्थाले विशेषगरी विद्यार्थी र अभिभावकलाई समस्या सिर्जना गरेको छ। एउटै स्थानीय तहभित्र रहेका विद्यालयहरूको फरक–फरक निर्णयका कारण कतै विद्यार्थी विद्यालय पुगेपछि बिदा भएको जानकारी पाउने अवस्था छ भने कतै विद्यालय खुलेको हुँदा अन्य विद्यालयका विद्यार्थीमा पनि भ्रम उत्पन्न भइरहेको छ। शिक्षक तथा अभिभावकहरूले सम्बन्धित स्थानीय तह, शिक्षा शाखा वा जिल्ला शिक्षा समन्वय इकाइल...