Skip to main content

ओम सुनार र मिलन रोकया को“राइझुमा” सार्वजनिक


 गोबिन्द यस् पश्चिम खबर। गायक तथा संगीतकार ओम सुनार र मिलन रोकायाको गीत “राइझुमा” सार्वजनिक गरिएको छ । मिलन रोकाया शब्द रहेको “राइझुमा” मा गायक सुनारको संगीत तथा एरेन्ज रहेको छ ।गीतको भिडियो ओमले आफ्नै आधिकारिक यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । 

सुदुर पश्चिममा निकै रुचाइने देउडामा आधारित गीत “राइझुमा”को भिडियोमा मिलन रोकाया र गरिमा शर्मालाई फिचार्ड गरिएको छ। सेर साउदको निर्देशन रहेको भिडियोमा बिष्णु शर्माको सम्पादन र बासु बरालको छायांकन रहेको छ ।


ओम सुनारले बाबु कान्छा,झमक बहादुर, नेप्टे, बुद्ध वाज बोर्न इन नेपाल लगायत दुइ दर्जन भन्दा बढी नेपाली चलचित्रहरुमा स्वर दिएसकेका छन् ।कोरोना कहरकै बिचमा उनले तिज गित “बारीको पाटामा” आफ्नो दर्शक हरु माझ ल्याएका थिए एलिना चौहान संग गाइएको उक्त गीतले राम्रै चर्चा बटुल्न सफल भएको थियो।

भिडीयो हेर्नुहोस्।



Comments