Skip to main content

ओम सुनार र मिलन रोकया को“राइझुमा” सार्वजनिक


 गोबिन्द यस् पश्चिम खबर। गायक तथा संगीतकार ओम सुनार र मिलन रोकायाको गीत “राइझुमा” सार्वजनिक गरिएको छ । मिलन रोकाया शब्द रहेको “राइझुमा” मा गायक सुनारको संगीत तथा एरेन्ज रहेको छ ।गीतको भिडियो ओमले आफ्नै आधिकारिक यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । 

सुदुर पश्चिममा निकै रुचाइने देउडामा आधारित गीत “राइझुमा”को भिडियोमा मिलन रोकाया र गरिमा शर्मालाई फिचार्ड गरिएको छ। सेर साउदको निर्देशन रहेको भिडियोमा बिष्णु शर्माको सम्पादन र बासु बरालको छायांकन रहेको छ ।


ओम सुनारले बाबु कान्छा,झमक बहादुर, नेप्टे, बुद्ध वाज बोर्न इन नेपाल लगायत दुइ दर्जन भन्दा बढी नेपाली चलचित्रहरुमा स्वर दिएसकेका छन् ।कोरोना कहरकै बिचमा उनले तिज गित “बारीको पाटामा” आफ्नो दर्शक हरु माझ ल्याएका थिए एलिना चौहान संग गाइएको उक्त गीतले राम्रै चर्चा बटुल्न सफल भएको थियो।

भिडीयो हेर्नुहोस्।



Comments

Popular posts from this blog

भुमिराज को मन्दिरमा पुजा आराधना कार्यक्रम सु- सम्पन्न ( फोटो फिचर सहित)

  गो विन्द यस् पश्चिम खबर।   भुमिराजकाे मन्दिरमा आज देखी पुजा कार्यक्रम सु- सम्पन्न भएको छ। आश्विन   शुक्ल   प्रतिपदा का दिनलाई  घटस्थापना  भनिन्छ । यसै दिनदेखि  नवरात्रि  आरम्भ हुन्छ ।  यसै दिन देखि भुमिराज मन्दिर मा पुजा कार्यक्रम  सम्पन्न गरिन्छ  । एक कृत्य यस दिन  जमरा  राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न  जौ  छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।  भुमिराज मन्दिर मा पुजा आराधना गरिँदै। माता  भगवती लाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जल...

कैलालीकाे कैलारी गाउँपालिका डुबानमा, नेपाल प्रहरी संघ संस्था र स्थानीय र प्रतिनिधि को उपस्तिथिमा उद्दार गरिदैं

गोविन्द यस् धामी  धनगढी   : हिजो रातिदेखि परेको वर्षाका कारण २६० भन्दा बढी घरमा पानि पसेको हो।कैलारी ७ को बाढीपीडित गाउँ हरुको पालिका अध्यक्ष राज समझ चौधरी ज्यु प्रशासकिय अधिकृत वीर बहादुर ऐर ज्यु नेपाली सेना ससस्त्र प्रहरी नेपाल प्रहरी संघ संस्था र स्थानीय प्रतिनिधि को उपस्तिथिमा अनुगमन तथा उद्दार गरिदैंछ। कैलारी गाउँपालिकाका वडा नं ७ का अध्यक्ष  दिपेन्द्र बमले दिएको जानकारी अनुसार कैलारी गाउँपालिकाका भुँइयाँफाटा, रामपुर, वसन्ताका बस्तीमा पानि पसि २६० घरपरिवार बिस्थापित भएको बताएका छन्।  डुबान भएका बस्तीका परिवार लाई अहिले उद्धार गरिरहेको बताएको छ।आबस्यक राहत प्याकेज को ब्यबस्था गर्ने गाउँ पालिका अध्यक्ष राज समझ चौधरी ले गर्ने जानकारी दिनु भएको छ।