Skip to main content

Posts

न छुटौ पिरिम को डोरी म्युजिक भिडियो सार्वजनिक

धनगढी, असोज ६ गते । नेपाली सँगित क्षेत्रमा थुप्रै सांगीतिक कोसेलीहरु बजारमा प्रतिस्पर्धामा छन । तापनि सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गीत संगितको बेग्लै महत्व रहेको छ । देउडा गीत नेपाल सुदूर तथा मध्य क्षेत्रमा गाईने प्रचलित लोक गायन शैली हो। लोक डेउडा आदी नाम दिएको पाइन्छ। यो भाषा खासगरी बैतडी ,अछाम , बझाङ,बाजुरा , दार्चुला , डोटी , डडेलधुरा, कालिकोट,जुम्ला, दैलेख , जाजरकोट र हुम्ला जिल्लाहरूमा खेलिन्छ । बिसेष गरि सुदुर पश्चिम र मध्य पश्चिम मा देउडा खेल को धेरै नै महत्तो रहेको पाईन्छ। देवताल म्युजिक प्रा लि को प्रस्तुति मा न छुटौ पिरिम को डोरी देउडा एक्प्रेस युटुुब च्यानलबाट सार्वजनिक भएको छ । जसमा स्वर चर्चित देउडा गायक महेश कुमार औझी र चर्चित गायिका कल्पना बि.सी को रहेको । भने शब्द उपेन्द्र मायालुछ भने लय चाहिँ राहुल बि.सी को रहेको । सुदुर पश्चिम को अति रमणीय ठाँउ कैलालीको गोदावरीमा छायांकन गरिएको म्युजीक भिडियोमा गोबिन्द धामी, कोपिला ठकुरी, राजन भण्डारी, सरोज रोकाया, एंन दौल्यल र पदमा खड्का अभिनय गरेका छन् भने निर्देशन रबि आउझी ले गरेका छन् । तेसैगरी उक्त देउडा गी...
Recent posts

कैलालीकाे कैलारी गाउँपालिका डुबानमा, नेपाल प्रहरी संघ संस्था र स्थानीय र प्रतिनिधि को उपस्तिथिमा उद्दार गरिदैं

गोविन्द यस् धामी  धनगढी   : हिजो रातिदेखि परेको वर्षाका कारण २६० भन्दा बढी घरमा पानि पसेको हो।कैलारी ७ को बाढीपीडित गाउँ हरुको पालिका अध्यक्ष राज समझ चौधरी ज्यु प्रशासकिय अधिकृत वीर बहादुर ऐर ज्यु नेपाली सेना ससस्त्र प्रहरी नेपाल प्रहरी संघ संस्था र स्थानीय प्रतिनिधि को उपस्तिथिमा अनुगमन तथा उद्दार गरिदैंछ। कैलारी गाउँपालिकाका वडा नं ७ का अध्यक्ष  दिपेन्द्र बमले दिएको जानकारी अनुसार कैलारी गाउँपालिकाका भुँइयाँफाटा, रामपुर, वसन्ताका बस्तीमा पानि पसि २६० घरपरिवार बिस्थापित भएको बताएका छन्।  डुबान भएका बस्तीका परिवार लाई अहिले उद्धार गरिरहेको बताएको छ।आबस्यक राहत प्याकेज को ब्यबस्था गर्ने गाउँ पालिका अध्यक्ष राज समझ चौधरी ले गर्ने जानकारी दिनु भएको छ।

गायक हर्क विक र गायिका पुर्ण कला विसि को स्वर मा ठट्टेउलि देउडा गीत "बीगासे बड्डो" सार्वजनिक

  गोविन्द यस् धामी पस्चीम सन्देश  ।  गायक हर्क बिक र गायिका पुर्णकला बिसिको आवाज रहेको ठट्टेउली देउडा गीत ‘बिगासे बड्डो’ को भिडियो सार्वजनिक भएको छ । प्रकाश बिसीको शब्द रचना रहेको उक्त गीतमा संगीत भने गायक हर्कले नै भरेका हुन् । मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा दिपक संगम बिसीको संगीत संयोजन रहेको छ । त्यस्तै, गीतको भिडियोमा जयराज भट्टको निर्देशन रहेको छ भने मरुभूमि नारायणले छायांकन गरेका हुन् । उक्त भिडियोमा पदम ऐर, परमेश्वर दाहाल, सावित्री पुरी, गोपाल अर्याल र पशुपती जोशीले अभिनय गरेका छन् । विशेष गरी मध्यपश्चिम तथा सुदूपश्चिममा गाइने प्रचलित डेउडा गीत पश्चिमेलीहरुको मुख्य पर्व विशु मेला, नरहरी तथा सांस्कृतिक कार्यक्रमहरुमा सहभागी भई सुदूपश्चिमका अग्रज कलाकारहरुबाट केही कुराहरु सिक्दै र आफ्नै दाजु कलाकार भएकाले पनि आफूलाई गायन क्षेत्रमा साथ मिलेको उनले जानकारी दिए । रोशन धितालले सम्पादन गरेको उक्त भिडियो जयप्राप्ती म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । पहाडी जिल्ला बझाङको वित्थड चिर गाउँपालिका– १ मा जन्मिएका गायक हर्कको चौथो कोसेली स्वरुप उक्त गीत बज...

राम शीलाल म्युजिक को प्रस्तुतिमा गणेश खड्का को म छाडी अछाम बाइगई सार्वजनिक (भिडियो सहित)

    गोविन्द यस् पश्चिम समाचार। राम शीलाल म्युजिक को प्रस्तुतिमा राम शिलाल र शोभा थापा को स्वर मा मार्मिक देउडा म छाडी अछाम बाइगई भर्खरैै विशेष फिल्मस् युटुुब च्यानलबाट सार्वजनिक भएको छ। राम शिलाल म्युजिक सेन्टर ले भारत को पुणे मै छायांकन गरिएको यस गीत मा स्वर राम शिलाल र शोभा थापा को रहेको छ। भने गीत मा अभिनय रहेको छ सानुमाया गणेश खड्का खुस्बु भट्टराइ, र नरेश थापा रहेको छ। यस गीत मा निर्देशन गर्नु भएको छ रुपा शिलाल ले भने छायांकन अनि सम्पादन रबि आउजी ले गर्नु भएको छ । र म्युजिक एरेन्जर बिजय कुमार थापा मगर ले गर्नु भएको छ। प्रवास मा रहेर पनि राम शिलाल म्युजिक ले थुप्रै नेपालि देउडा तथा लोक दोहोरी गीत को रेकर्डिङ र छायांकन गर्दै आएको पनि जानकारी दिनु भएको छ। भारत को जुन सुकै ठाँउ मा पनि गीत रेकर्डिङ र भिडियो छायांकन को लागि राम शिलाल म्युजिक प्रा लि भारत पुणे लाई एक चोटी अबस्य सम्झनु होला पनि उहाँले जानकारी दिनु भएको छ। नेपालि भासा कला को जोगेर्ना गर्ने उद्देश्यले हामी लागि रहेको को पनि गायक राम सिलालले जानकारी दिनु भएको छ । र अझै दर्जनौ गित बजार मा आउन बाकि रहेको पनि जान...

सुदूरपश्चिममा गौरा पर्व तथा श्रीकृष्ण जन्माष्टमी मनाइँदै

  गोविन्द यस् धामी पस्चीम संदेश। उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम वासीले आज गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमीअघि नै अगस्त्य उदय हुने भएकाले भाद्र कृष्ण अष्टमीमै यो पर्व मनाउन लागिएको हो । सुदूरपश्चिममा गौरा पर्ब र देश भर आज‘श्रीकृष्ण जन्माष्टमीको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ । जन्माष्टमीका दिन पाटनको मङ्गल बजारस्थित प्रसिद्ध कृष्ण मन...

राम शीलाल म्युजिक को प्रस्तुतिमा राम शिलाल र शोभा थापा को स्वर मा हासी दिन् काटुली सार्वजनिक (भिडियो सहित)

  गोविन्द यस् पश्चिम समाचार ।  राम शीलाल म्युजिक को प्रस्तुतिमा राम शिलाल र शोभा थापा को स्वर मा हासी दिन् काटुली  भर्खरैै विशेष फिििल्मस् युटुुब च्यानलबाट सार्वजनिक भएको छ । राम शिलाल म्युजिक सेन्टर ले भारत को पुणे मै छायांकन गरिएको यस गीत मा स्वर  राम शिलाल र शोभा थापा को रहेको छ। भने गीत मा अभिनय रहेको छ एकेन्द्र बि सि  र कल्पना  ढुङ्गाना रहेको छ। यस गीत मा निर्देशन गर्नु भएको छ रुपा शिलाल ले भने छायांकन अनि सम्पादन रबि आउजी ले गर्नु भएको छ । र म्युजिक एरेन्जर बिजय कुमार थापा मगर ले गर्नु भएको छ। प्रवास मा रहेर पनि राम शिलाल म्युजिक ले थुप्रै नेपालि देउडा तथा लोक दोहोरी गीत को रेकर्डिङ र छायांकन गर्दै आएको पनि जानकारी दिनु भयो। नेपालि भासा कला को जोगेर्ना गर्ने उद्देश्यले हामी लागि रहेको को पनि गायक राम सिलालले जानकारी दिनु भएको छ । र अझै दर्जनौ गित बजार मा आउन बाकि रहेको पनि जानकारी गराउनु भएको छ। भिडीयो हेर्नुहोस्।

एलिस इन्टरटेनमेन्ट को प्रस्तुति मा जईमले भेना सार्वजनिक (भिडियो सहित)

  गोविन्द यस् धामी। भदौ १ ।  नेपाली सँगित क्षेत्रमा थुप्रै सांगीतिक कोसेलीहरु बजारमा प्रतिस्पर्धामा छन । तापनि सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गीत संगितको बेग्लै महत्व रहेको छ ।  सुदुरपस्चिम प्रदेशमा परम्परागत रुपमा मनाइने मौलिक चाँड ‘ओल्के’ सक्रन्तिका अवर मा एलिस इन्टरटेनमेन्ट को प्रस्तुति मा जईमले भेना एलिस इन्टरटेनमेन्ट कै युट्युब च्यानल बाट सार्वजनिक भएको छ।  शेर साउद को निर्देशन मा छायांकन गरिएको यस गीत मा स्वर रहेको   छ गायक तथा मोडेल चक्र बम र चर्चित गायिका रेखा जोशी छ भने एरेन्ज केशव वडु ले गर्नु भएको छ। यस गित को लय भक्त साउँदले बनाएका छन् भने  करन चैसिर ले क्यामरा मा कैद गरेका छन् र सम्पादन मनोज खत्री सर त्यस्तै गरी मिक्सिङ खडक बाजुरेली ले गर्नु भएको छ । गीत मा अभिनय रहेको छ रोजी कुँवर, ललित रावल, टेकेन्द्र रावल मनिष रावल को देख्न सकिन्छ।    सुदुर पश्चिम को स्कृतिमा आधारित गित जइमले भेना बजारमा आइसकेको छ ।सुदुरपस्चिम मा आजका दिन बन्ढुनी बार्ने , ओल्को रुपमा एक अर्का लाई घरासी चिज, वस्तु, सामाग्री उपहार दिने प्रचलन छ ।खास गरी ...