धनगढी, असोज ६ गते । नेपाली सँगित क्षेत्रमा थुप्रै सांगीतिक कोसेलीहरु बजारमा प्रतिस्पर्धामा छन । तापनि सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गीत संगितको बेग्लै महत्व रहेको छ । देउडा गीत नेपाल सुदूर तथा मध्य क्षेत्रमा गाईने प्रचलित लोक गायन शैली हो। लोक डेउडा आदी नाम दिएको पाइन्छ। यो भाषा खासगरी बैतडी ,अछाम , बझाङ,बाजुरा , दार्चुला , डोटी , डडेलधुरा, कालिकोट,जुम्ला, दैलेख , जाजरकोट र हुम्ला जिल्लाहरूमा खेलिन्छ ।
बिसेष गरि सुदुर पश्चिम र मध्य पश्चिम मा देउडा खेल को धेरै नै महत्तो रहेको पाईन्छ। देवताल म्युजिक प्रा लि को प्रस्तुति मा न छुटौ पिरिम को डोरी देउडा एक्प्रेस युटुुब च्यानलबाट सार्वजनिक भएको छ । जसमा स्वर चर्चित देउडा गायक महेश कुमार औझी र चर्चित गायिका कल्पना बि.सी को रहेको । भने शब्द उपेन्द्र मायालुछ भने लय चाहिँ राहुल बि.सी को रहेको ।
सुदुर पश्चिम को अति रमणीय ठाँउ कैलालीको गोदावरीमा छायांकन गरिएको म्युजीक भिडियोमा गोबिन्द धामी, कोपिला ठकुरी, राजन भण्डारी, सरोज रोकाया, एंन दौल्यल र पदमा खड्का अभिनय गरेका छन् भने निर्देशन रबि आउझी ले गरेका छन् । तेसैगरी उक्त देउडा गीतको छायांकन अनि सम्पादन रबि आउजी, र म्युजिक एरेन्जर गोबिन्द ओली लेगरेका हुन् ।
भिडियो हेर्नु होस् ।
गोबिन्द यस् पश्चिम खबर। गायक तथा संगीतकार ओम सुनार र मिलन रोकायाको गीत “राइझुमा” सार्वजनिक गरिएको छ । मिलन रोकाया शब्द रहेको “राइझुमा” मा गायक सुनारको संगीत तथा एरेन्ज रहेको छ ।गीतको भिडियो ओमले आफ्नै आधिकारिक यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । सुदुर पश्चिममा निकै रुचाइने देउडामा आधारित गीत “राइझुमा”को भिडियोमा मिलन रोकाया र गरिमा शर्मालाई फिचार्ड गरिएको छ। सेर साउदको निर्देशन रहेको भिडियोमा बिष्णु शर्माको सम्पादन र बासु बरालको छायांकन रहेको छ । ओम सुनारले बाबु कान्छा,झमक बहादुर, नेप्टे, बुद्ध वाज बोर्न इन नेपाल लगायत दुइ दर्जन भन्दा बढी नेपाली चलचित्रहरुमा स्वर दिएसकेका छन् ।कोरोना कहरकै बिचमा उनले तिज गित “बारीको पाटामा” आफ्नो दर्शक हरु माझ ल्याएका थिए एलिना चौहान संग गाइएको उक्त गीतले राम्रै चर्चा बटुल्न सफल भएको थियो। भिडीयो हेर्नुहोस्।
Comments
Post a Comment