Skip to main content

आफ्नै गीत सुनेर आखा बाट आसु खसे : देउडा गायक लोकेन्द्र बहादुर चन्द

गोविन्द यस् पश्चिम खबर। नेपाली देउडा गीत संगीतमा नाम कमाई सक्नु भएका छन्। गायक लोकेन्द्र बहादुर चन्द भर्खरै दशैंको अवसर पारेर नयाँ देउडा गीत “जन्मया ठाउँ बिरानी भईगई ” सार्वजनिक गरेका छन् । लय शब्द आफ्नै छ भने स्वर मा साथ गायिका गौरी भट्ट ले दिनु भएको छ । र यो गीत लाई ॐ डिजिटल ले बजार बब्स्थापन गरेकोछ। गायक लोकेन्द्र बहादुर चन्द संग संगीतका विविध आ​याम हरुमा केन्दि्रत रहेर​ मिडिया रिपोटर गोविन्द सिंह​ ​संग ​गरिएको कुराकानी :

​​


कस्ता गीत सुन्न रुचाउँनुहुन्छ ?
म सबै थरिका गीत सुन्छु लोक दोहरी ,पॉप, आधुनिक,हिन्दी तर देउडा गीत मेरो खास
​म खास
​हो !

​​तपाईंले सबैभन्दा धेरै सुनेको गीत कुन होला त ?
गायक भुवन दहाल सर र हरिना साउँद को धन्य पिरती मुखी पासो भ्यो ! यो गीत मलाई अति मन पर्छ र म यो गीत बाट धेरै प्रभातित भएको थिए !

पहिलो यल्बम कुन हो ?
“म छु रोल्पा रुकुम” २०६६ साल तिर गाएको थिए म्यूजिक भुवन प्रकाश बिरही सर को थियो ।

अत्याधिक मन पर्ने गीत ?
मेरै मा भन्नु पर्दा बॉस कोएली बॉस जो अति चर्चित पनि भएको थियो ।

​​कस्तो बेला/कुन समयमा गीत सुन्न मन पराउनु हुन्छ ?
खाली समय र सुत्ने बेलामा हो तर म गीत जून बेला पनि सुनी राख्छु ।

​​दुःखमा गीत सुन्न मजा हुन्छ कि पीडामा ?
दुःख र सुख मा म सधै गीत सुन्छु तर गीत गाउने या सुन्ने बेला आफ्ना दुःख बिर्सनछु !

​​तपाईंलाई मनपर्ने गायक,गायिका?
देउडा मा भुवन दहाल जी र दोहरी मा राजू परियार र बिष्णु माझी हुन तर आज भोली कम उमेर मा चर्चित गायिका गौरी भट्टको स्वर अति नै मन पर्छ ।

​पहिलोपटक स्टेमा कहिले गाउनुभयो ?
सर खास आफु इण्डिया तीर भएको हुनाले अबसर पाएन तर स्कूल मा धेरै चोटी गाएको छु । र परिमाण पत्र पुरुष्कार पनि पाएको छु ।

​​अहिले सम्म कति वटा यल्बम निकाल्नु भा छ ?
मेरो आफ्नै आठ र दुइ अर्का का मिलाएर 10 गीतहरु गाईसकेको छु ।

आफ्नै स्वर तपाईँलाई कस्तो लाग्छ ?
मलाई मेरो स्वर पटकै मन पर्दैन तर श्रोता हरुको माया ले स्पोर्ट पाएको छु र खुसी हुन्छु । अनि यो नया गितबाट आफै प्रभावित भएको छु की म अब पहिले को भन्दा राम्रो गाउन सक्छु ।

आफ्नै गीत सुनेर रुनुभएको छ ?
आफ्नो प्रसन्सा आफैले गर्नु हुदैन भन्छन् तर यो जनम्या ठाउँ बिरानी भैगई मा गौरी को स्वर ले म जब आफ्नो जन्म भूमि छोड़ेर प्रदेश जादा को सोच्छु त ठुलो स्वर ले रुन्छु । कति रुन्छु कति । म त आफ्नै गीत सुनेर धेरैचोटी धुरुधुरु रोएको छु पहाड जाने क्रममा बस मा मेरो गीत बजी रहेको बेला रोएको थिए ।

​​तपाईंको जीवनसँग मिल्दो गीत ?
भुवन सर को धन्य पिरती मुखी पासो भ्यो

​​के-के बजाउन आउँछ ?
मादल र तवला बजाउँछु । हार्मोनियम पनि अलिअलि आउँछ ।

तपाईंको संगीत गुरु को हो ?
सर मैले संगीत सिखेको छैन तर राम्रा राम्रा स्वर सूर भएका गायक हरु का गीत हरु गाएर यति सम्म सिखेको छु ।

​​आफूलाई चित्त बुझेको तर, नचलेको गीत ?
हुन त मेरा गीत धेरै छैनन तर कुनै लाई केही मन पर्छ कुनै लाइ केही भाई बहिनी को बिलौना मेरो र हरिना साउँद को स्वर मा थियो ।यसको ख़ास चर्चा भएन ।

मोबाइलमा कतिवटा गीतको संग्रह छ ?
म धेरै गीत सुन्छु जस्तै देउडा , लोक दोहरी आधुनिक पॉप र ठाडी भाका गीत
​हरु छन् ​

​​प्रायः केमा सुन्नुहुन्छ ?​
​घरमा साउंड बॉक्स छ बाहिर मोबाइल हरु मा !

​​लामो यात्रामा जाँदा पनि पक्कै संगीत सुन्नुहुन्छ होला ?
ख़ास भन्ने हो भने म बिना संगीत यात्रा नै गर्दैन या गाडी मा म्यूजिक हुनु पर्यो या म सँग ।

​​अन्त मा के भन्नु चाहन्नु हुन्छ ?
अन्तमा के भन्न चाहन्छु भने आउदै गरेको बिजया दशमी २०७२ को अबसर मा सम्पूर्ण मिडिया कर्मी र श्रोता हरु लाई हार्दिक मंगलमय शुभकामना भन्न चाहन्छु र मेरो अन्तरवार्ता पढ्नु हुने सम्पूर्ण साथी हरु लाई​ हजुर लाई​ ​पनि शुभकामना चाहन्छु ​!

Comments

Popular posts from this blog

शिक्षा मन्त्रालयको नयाँ निर्णय:हप्तामा दुई दिन सार्वजनिक बिदा र शुक्रबार पनि पठनपाठन हुने

गोबिन्द धामी। नेपाल सरकारले शैक्षिक सत्र २०८३ देखि देशभरका शैक्षिक संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनका लागि नयाँ व्यवस्था लागू गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले जारी गरेको पत्रअनुसार अब शनिबार मात्र सार्वजनिक बिदा हुनेछ भने शुक्रबार नियमित पठनपाठन सञ्चालन गरिनेछ। केन्द्रका अनुसार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णय तथा मन्त्रालयको २०८३/०१/२८ को निर्णय बमोजिम विद्यालयहरूले स्वीकृत पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्नुपर्नेछ। जारी निर्देशनमा प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ। सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठन सञ्चालन गरिनेछ भने हिउँदे/वर्षे बिदा अवधि साविकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ। त्यसैगरी, पहिलो र दोस्रो त्रैमासिक मूल्याङ्कन पठनपाठन भएको दिन वा असर नपर्ने गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने उल्लेख छ। वि...

नीति तथा कार्यक्रम बहसमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षको माग

गोबिन्द धामी। संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले दिने तयारी भएपछि बुधबार विपक्षी दलहरूले कडा विरोध जनाएका छन्। प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै बैठकमा नाराबाजी गरेका थिए। उनीहरूले सरकार जनताप्रति जवाफदेही हुनुपर्ने र महत्वपूर्ण राष्ट्रिय विषयमा प्रधानमन्त्री अनुपस्थित हुनु संसद तथा लोकतान्त्रिक अभ्यासप्रति बेवास्ता भएको आरोप लगाए। विपक्षी दलहरूको भनाइ अनुसार नीति तथा कार्यक्रम सरकारको मुख्य राजनीतिक तथा प्रशासनिक दिशासँग सम्बन्धित भएकाले त्यसबारे स्पष्टिकरण र उत्तर सरकार प्रमुखबाटै आउनु आवश्यक छ। संसदमा उठेका प्रश्नहरू जनचासो, पारदर्शिता र जवाफदेहितासँग प्रत्यक्ष जोडिएका कारण प्रधानमन्त्रीको प्रत्यक्ष सहभागिता अझ आवश्यक भएको उनीहरूको तर्क छ। यस घटनापछि संसदमा सरकारको जवाफदेहिता, कार्यशैली र लोकतान्त्रिक अभ्यासबारे बहस अझ तीव्र बनेको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीबाटै स्पष्ट र जिम्मेवार जवाफ आउनुपर्ने मागलाई थप बलियो बनाएका छन्।

कैलालीका विद्यालयमा आइतवार बिदा सम्बन्धी अन्योल : स्पष्ट निर्देशनको माग

धनगढी, वैशाख २८ गते। गोबिन्द धामी। कैलाली जिल्लाका सामुदायिक विद्यालयहरूमा आइतवार सार्वजनिक बिदा दिने वा नियमित रूपमा विद्यालय सञ्चालन गर्ने विषयमा एकरूपता नहुँदा अभिभावक, विद्यार्थी तथा शिक्षकहरू अन्योलमा परेका छन्। केही विद्यालयहरूले आइतवार बिदा दिएका छन् भने केही विद्यालयहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्। सरकारले हालै सार्वजनिक बिदा सम्बन्धी निर्णय गरेपछि जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका विद्यालयहरूले आ–आफ्नै ढंगले निर्णय कार्यान्वयन गरिरहेका छन्। कतिपय विद्यालयहरूले सरकारी निर्णयलाई पूर्ण रूपमा लागू गर्दै आइतवार बिदा दिएका छन् भने केही विद्यालयहरूले पठनपाठनमा असर पर्ने भन्दै विद्यालय सञ्चालन गरिरहेका छन्। यस अवस्थाले विशेषगरी विद्यार्थी र अभिभावकलाई समस्या सिर्जना गरेको छ। एउटै स्थानीय तहभित्र रहेका विद्यालयहरूको फरक–फरक निर्णयका कारण कतै विद्यार्थी विद्यालय पुगेपछि बिदा भएको जानकारी पाउने अवस्था छ भने कतै विद्यालय खुलेको हुँदा अन्य विद्यालयका विद्यार्थीमा पनि भ्रम उत्पन्न भइरहेको छ। शिक्षक तथा अभिभावकहरूले सम्बन्धित स्थानीय तह, शिक्षा शाखा वा जिल्ला शिक्षा समन्वय इकाइल...