Skip to main content

Posts

Showing posts from April, 2026

बित्थडचिर –५, कृष्ण धामी हत्या प्रकरणको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग

गोबिन्द धामी। बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–५, धामीगाउँ (पनौले) निवासी स्वर्गीय कृष्ण धामीको हत्या प्रकरणले सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको छ। घटना भएको लामो समय बितिसक्दा पनि हालसम्म दोषी सार्वजनिक नहुनु अत्यन्त दुःखद र चिन्ताजनक विषय बनेको छ। यस गम्भीर घटनाको सत्यतथ्य छानबिन गरी दोषी व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ। निष्पक्ष अनुसन्धानमार्फत पीडित परिवारलाई न्याय दिलाउनु राज्यको दायित्व हो। जिल्ला प्रशासन कार्यालय बझाङ, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाहरूसँग घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही अगाडि बढाउन हार्दिक अपिल गरिन्छ। साथै, यस्ता घटनाले समाजमा दण्डहीनता बढ्न नदिन समयमै न्याय सुनिश्चित गरिनुपर्छ भन्ने आम जनताको अपेक्षा रहेको छ।