Skip to main content

६ दर्जन भन्दा बढी गीतमा अभिनय गरिसकेकी मोडल - आशा खड्का

गोविन्द यस पश्चिमkbr/ चन्द्र बहादुर खड्का र सरिता खड्काको कोखबाट दोलखा ७, काभ्रेमा जन्मिएकी २४ बर्षीय अहिलेकी सफल एबम् ब्यस्त मोडल आशा खड्का सानै उमेरमा स्कुलमा साथीभाईहरुले जोसाईदिएको भरमा गीत र भजन गाउने गर्थिन । बचपन देखी फिल्म र साँगीतीक क्षेत्रमा रुची राख्ने उनी हालः कान्तिपुर टेलिभिजनको चर्चित सिरियल हर्के हल्दारमा पनि अभिनय गर्छिन । हालसम्म उनले करिव ६ दर्जन भन्दा बढी गीतमा अभिनय गरिसकेकी छिन् । 

तपाईको यस क्षेत्रमा कहिले देखी रुची जागेर आयो ?
मेरो सानै देखीको रुची हो । बच्चामा फिल्म हेर्दा कलाकार हुन पाए के हुन्थ्यो भन्ने लाग्थ्यो । 

 तपाईलाई यो स्थान सम्म लिनको लागी कस्को हात रहेको छ ? 
सर्वप्रथम त भगवानको हात छ । अनी सुरुमा होमनाथ तिमल्सिनाले साथ दिनु भएको थियो । 

सुरुमा अभिनय गर्दा कस्तो अनुभव भयो ?
सुरुवातमा अभिनय गर्दा नर्भस भएकी थिए । पछि सबैको हौसला पाएपछि आत्मबल बढ्यो । 

यो क्षेत्र बास्तवमा के हो जस्तो लाग्छ ? 
यो क्षेत्र रंगिन दुनिया हो । यसलाई जसरी ल्याउन सकियो त्यही हो । तर मेरो लागी यो क्षेत्र राम्रो हो । यसलाई कस्तो बनाउने हो त्यो त हाम्रै| हातमा छ । 

हाल सम्म तपाईलाई कति जनाको प्रेम प्रस्ताव आयो ? 
हाहाहा..... त्यो त गनेरै साध्य छैन । कसैले सिधै भनछन् त कसैले कुरा घुमाएर भन्छन् । 

 हाल सम्म गरेको म्युजिक भिडियो मध्य कुन गीतले तपाईलाई चिनाएको हो ? 
मैले गरेका गीत सबै राम्रा छन् तर “हरपल तिमै सम्झनामा” गीतबाट चिनिने मौका पाँए । 

आजकल केमा ब्यस्त हुनुहुन्छ ? 
हाल म्युजिक भिडियो र सिरियलको सुटिङ्गमा ब्यस्त छु । बाँकी समय घर परिवारलाई दिन्छु र धार्मिक पुस्तक पढ्ने गर्छु । 

बिवाहको बारेमा के सोच्नु भएको छ ? 
बिवाह गर्ने बेला भएको छैन । यस बारेमा बिस्तारै सोच्नुपर्ला । 

यस क्षेत्रमा बिकृती आईरहेका छन् भन्छन् की के लाग्छ तपाईलाई ? 
बिकृती र बिसंगती सबै क्षेत्रमा हुन्छ । तर यस साँगीतीक क्षेत्रमा पहिला भन्दा अहिले बिस्तारै सुधार हुदै गएको छ । 

तपाईलाई कस्तो गीतहरु बढी मनपर्छ ?
मलाई सबै खालको गीतहरु मनपर्छ ।

तपाई मोडलिङ्ग गर्दा केटा रोज्नुहुन्छ की हुँदैन ? 
मैले रोज्दिन । म नयाँ या पुरानो केही भन्दिन । सबै सँग मिलेर काम ग चाहन्छु । म त्यो सँग खेल्छु त्यो सँग खेल्दिन भन्दिन । म पनि पहिला नयाँ थिए । नयाँ नभै कसरी पुरानो भैइन्छर । 

अन्तमा तपाईका शुभ चिन्तकहरुलाई के भन्न चाहनुहन्छ ? 
मेरा कुनै कमी कमजोरी छन् भने औल्याईदिनुहोला र राम्रो कामलाई प्रशंसा गरिदिनुहोला । हजुरहरु कै मायाँले म यो स्थानमा छु । आगामी दिनमा पनि मलाई यसरी नै माया गरिदिनुहोला यहि भन्न चाहन्छु ।

Comments

Popular posts from this blog

शिक्षा मन्त्रालयको नयाँ निर्णय:हप्तामा दुई दिन सार्वजनिक बिदा र शुक्रबार पनि पठनपाठन हुने

गोबिन्द धामी। नेपाल सरकारले शैक्षिक सत्र २०८३ देखि देशभरका शैक्षिक संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनका लागि नयाँ व्यवस्था लागू गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले जारी गरेको पत्रअनुसार अब शनिबार मात्र सार्वजनिक बिदा हुनेछ भने शुक्रबार नियमित पठनपाठन सञ्चालन गरिनेछ। केन्द्रका अनुसार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णय तथा मन्त्रालयको २०८३/०१/२८ को निर्णय बमोजिम विद्यालयहरूले स्वीकृत पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्नुपर्नेछ। जारी निर्देशनमा प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ। सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठन सञ्चालन गरिनेछ भने हिउँदे/वर्षे बिदा अवधि साविकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ। त्यसैगरी, पहिलो र दोस्रो त्रैमासिक मूल्याङ्कन पठनपाठन भएको दिन वा असर नपर्ने गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने उल्लेख छ। वि...

नीति तथा कार्यक्रम बहसमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षको माग

गोबिन्द धामी। संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले दिने तयारी भएपछि बुधबार विपक्षी दलहरूले कडा विरोध जनाएका छन्। प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै बैठकमा नाराबाजी गरेका थिए। उनीहरूले सरकार जनताप्रति जवाफदेही हुनुपर्ने र महत्वपूर्ण राष्ट्रिय विषयमा प्रधानमन्त्री अनुपस्थित हुनु संसद तथा लोकतान्त्रिक अभ्यासप्रति बेवास्ता भएको आरोप लगाए। विपक्षी दलहरूको भनाइ अनुसार नीति तथा कार्यक्रम सरकारको मुख्य राजनीतिक तथा प्रशासनिक दिशासँग सम्बन्धित भएकाले त्यसबारे स्पष्टिकरण र उत्तर सरकार प्रमुखबाटै आउनु आवश्यक छ। संसदमा उठेका प्रश्नहरू जनचासो, पारदर्शिता र जवाफदेहितासँग प्रत्यक्ष जोडिएका कारण प्रधानमन्त्रीको प्रत्यक्ष सहभागिता अझ आवश्यक भएको उनीहरूको तर्क छ। यस घटनापछि संसदमा सरकारको जवाफदेहिता, कार्यशैली र लोकतान्त्रिक अभ्यासबारे बहस अझ तीव्र बनेको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीबाटै स्पष्ट र जिम्मेवार जवाफ आउनुपर्ने मागलाई थप बलियो बनाएका छन्।

कैलालीका विद्यालयमा आइतवार बिदा सम्बन्धी अन्योल : स्पष्ट निर्देशनको माग

धनगढी, वैशाख २८ गते। गोबिन्द धामी। कैलाली जिल्लाका सामुदायिक विद्यालयहरूमा आइतवार सार्वजनिक बिदा दिने वा नियमित रूपमा विद्यालय सञ्चालन गर्ने विषयमा एकरूपता नहुँदा अभिभावक, विद्यार्थी तथा शिक्षकहरू अन्योलमा परेका छन्। केही विद्यालयहरूले आइतवार बिदा दिएका छन् भने केही विद्यालयहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्। सरकारले हालै सार्वजनिक बिदा सम्बन्धी निर्णय गरेपछि जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका विद्यालयहरूले आ–आफ्नै ढंगले निर्णय कार्यान्वयन गरिरहेका छन्। कतिपय विद्यालयहरूले सरकारी निर्णयलाई पूर्ण रूपमा लागू गर्दै आइतवार बिदा दिएका छन् भने केही विद्यालयहरूले पठनपाठनमा असर पर्ने भन्दै विद्यालय सञ्चालन गरिरहेका छन्। यस अवस्थाले विशेषगरी विद्यार्थी र अभिभावकलाई समस्या सिर्जना गरेको छ। एउटै स्थानीय तहभित्र रहेका विद्यालयहरूको फरक–फरक निर्णयका कारण कतै विद्यार्थी विद्यालय पुगेपछि बिदा भएको जानकारी पाउने अवस्था छ भने कतै विद्यालय खुलेको हुँदा अन्य विद्यालयका विद्यार्थीमा पनि भ्रम उत्पन्न भइरहेको छ। शिक्षक तथा अभिभावकहरूले सम्बन्धित स्थानीय तह, शिक्षा शाखा वा जिल्ला शिक्षा समन्वय इकाइल...