Skip to main content

६ दर्जन भन्दा बढी गीतमा अभिनय गरिसकेकी मोडल - आशा खड्का

गोविन्द यस पश्चिमkbr/ चन्द्र बहादुर खड्का र सरिता खड्काको कोखबाट दोलखा ७, काभ्रेमा जन्मिएकी २४ बर्षीय अहिलेकी सफल एबम् ब्यस्त मोडल आशा खड्का सानै उमेरमा स्कुलमा साथीभाईहरुले जोसाईदिएको भरमा गीत र भजन गाउने गर्थिन । बचपन देखी फिल्म र साँगीतीक क्षेत्रमा रुची राख्ने उनी हालः कान्तिपुर टेलिभिजनको चर्चित सिरियल हर्के हल्दारमा पनि अभिनय गर्छिन । हालसम्म उनले करिव ६ दर्जन भन्दा बढी गीतमा अभिनय गरिसकेकी छिन् । 

तपाईको यस क्षेत्रमा कहिले देखी रुची जागेर आयो ?
मेरो सानै देखीको रुची हो । बच्चामा फिल्म हेर्दा कलाकार हुन पाए के हुन्थ्यो भन्ने लाग्थ्यो । 

 तपाईलाई यो स्थान सम्म लिनको लागी कस्को हात रहेको छ ? 
सर्वप्रथम त भगवानको हात छ । अनी सुरुमा होमनाथ तिमल्सिनाले साथ दिनु भएको थियो । 

सुरुमा अभिनय गर्दा कस्तो अनुभव भयो ?
सुरुवातमा अभिनय गर्दा नर्भस भएकी थिए । पछि सबैको हौसला पाएपछि आत्मबल बढ्यो । 

यो क्षेत्र बास्तवमा के हो जस्तो लाग्छ ? 
यो क्षेत्र रंगिन दुनिया हो । यसलाई जसरी ल्याउन सकियो त्यही हो । तर मेरो लागी यो क्षेत्र राम्रो हो । यसलाई कस्तो बनाउने हो त्यो त हाम्रै| हातमा छ । 

हाल सम्म तपाईलाई कति जनाको प्रेम प्रस्ताव आयो ? 
हाहाहा..... त्यो त गनेरै साध्य छैन । कसैले सिधै भनछन् त कसैले कुरा घुमाएर भन्छन् । 

 हाल सम्म गरेको म्युजिक भिडियो मध्य कुन गीतले तपाईलाई चिनाएको हो ? 
मैले गरेका गीत सबै राम्रा छन् तर “हरपल तिमै सम्झनामा” गीतबाट चिनिने मौका पाँए । 

आजकल केमा ब्यस्त हुनुहुन्छ ? 
हाल म्युजिक भिडियो र सिरियलको सुटिङ्गमा ब्यस्त छु । बाँकी समय घर परिवारलाई दिन्छु र धार्मिक पुस्तक पढ्ने गर्छु । 

बिवाहको बारेमा के सोच्नु भएको छ ? 
बिवाह गर्ने बेला भएको छैन । यस बारेमा बिस्तारै सोच्नुपर्ला । 

यस क्षेत्रमा बिकृती आईरहेका छन् भन्छन् की के लाग्छ तपाईलाई ? 
बिकृती र बिसंगती सबै क्षेत्रमा हुन्छ । तर यस साँगीतीक क्षेत्रमा पहिला भन्दा अहिले बिस्तारै सुधार हुदै गएको छ । 

तपाईलाई कस्तो गीतहरु बढी मनपर्छ ?
मलाई सबै खालको गीतहरु मनपर्छ ।

तपाई मोडलिङ्ग गर्दा केटा रोज्नुहुन्छ की हुँदैन ? 
मैले रोज्दिन । म नयाँ या पुरानो केही भन्दिन । सबै सँग मिलेर काम ग चाहन्छु । म त्यो सँग खेल्छु त्यो सँग खेल्दिन भन्दिन । म पनि पहिला नयाँ थिए । नयाँ नभै कसरी पुरानो भैइन्छर । 

अन्तमा तपाईका शुभ चिन्तकहरुलाई के भन्न चाहनुहन्छ ? 
मेरा कुनै कमी कमजोरी छन् भने औल्याईदिनुहोला र राम्रो कामलाई प्रशंसा गरिदिनुहोला । हजुरहरु कै मायाँले म यो स्थानमा छु । आगामी दिनमा पनि मलाई यसरी नै माया गरिदिनुहोला यहि भन्न चाहन्छु ।

Comments

Popular posts from this blog

ओम सुनार र मिलन रोकया को“राइझुमा” सार्वजनिक

  गोबिन्द यस् पश्चिम खबर। गायक  तथा संगीतकार ओम सुनार र मिलन रोकायाको गीत “राइझुमा” सार्वजनिक गरिएको छ । मिलन रोकाया शब्द रहेको “राइझुमा” मा गायक सुनारको संगीत तथा एरेन्ज रहेको छ ।गीतको भिडियो ओमले आफ्नै आधिकारिक यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।  सुदुर पश्चिममा निकै रुचाइने देउडामा आधारित गीत “राइझुमा”को भिडियोमा मिलन रोकाया र गरिमा शर्मालाई फिचार्ड गरिएको छ। सेर साउदको निर्देशन रहेको भिडियोमा बिष्णु शर्माको सम्पादन र बासु बरालको छायांकन रहेको छ । ओम सुनारले बाबु कान्छा,झमक बहादुर, नेप्टे, बुद्ध वाज बोर्न इन नेपाल लगायत दुइ दर्जन भन्दा बढी नेपाली चलचित्रहरुमा स्वर दिएसकेका छन् ।कोरोना कहरकै बिचमा उनले तिज गित “बारीको पाटामा” आफ्नो दर्शक हरु माझ ल्याएका थिए एलिना चौहान संग गाइएको उक्त गीतले राम्रै चर्चा बटुल्न सफल भएको थियो। भिडीयो हेर्नुहोस्।

भुमिराज को मन्दिरमा पुजा आराधना कार्यक्रम सु- सम्पन्न ( फोटो फिचर सहित)

  गो विन्द यस् पश्चिम खबर।   भुमिराजकाे मन्दिरमा आज देखी पुजा कार्यक्रम सु- सम्पन्न भएको छ। आश्विन   शुक्ल   प्रतिपदा का दिनलाई  घटस्थापना  भनिन्छ । यसै दिनदेखि  नवरात्रि  आरम्भ हुन्छ ।  यसै दिन देखि भुमिराज मन्दिर मा पुजा कार्यक्रम  सम्पन्न गरिन्छ  । एक कृत्य यस दिन  जमरा  राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न  जौ  छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।  भुमिराज मन्दिर मा पुजा आराधना गरिँदै। माता  भगवती लाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जल...

बैतडीको सुर्नया गाउँपालिका ढोल्यामोडमा पहिलोपटक प्रहरी पोष्टको स्थापना

गोबिन्द यस् सुदुरपश्चिम टुडे।   अपराधिक घटना र वन्यजन्तुको चोरीनिकासी बढ्न थालेपछी बैतडीको सुर्नया गाउँपालिका ८ ढोल्यामोडमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्लाका ३ स्थानीय तहको मिलन बिन्दुका रुपमा रहेको ढोल्यामोड क्षेत्रमा अपराधिक घटना र वन्यजन्तुको चोरीनिकासी न्युनीकरण गर्न प्रहरी पोष्ट स्थापना गरिएको हो । ढोल्यामोड सुर्नया गाउँपालिकाका साथै सिगास गाउँपालिकाका र पुर्चौडी नगरपालिकाको मिलन बिन्दुका रुपमा रहेको छ । आइतबार प्रहरी पोष्टको एक औपचारिक कार्याक्रमकाबिच उद्घाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर रहनुभएको थियो । यस्तै कार्यक्रममा बैतडीका प्रहरीप्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारी, सुर्नया गाउँपालिका अध्यक्ष वीर वहादुर विष्ट र उपाध्यक्ष लिला विष्ट, सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामी र उपाध्यक्ष द्रोपती चन्द लगायत वडाअध्यक्ष र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गतको बजार क्षेत्र भएकाले अन्य अपराधिक क...