गोविन्द यस् सुदुरपश्चिम टुडे। महिलाको कानबाट सुन लुट्ने र किन्ने मान्छेलाई बैतडी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ चिरबित्थड गाउँपालिका ७ का २७ वर्षीय बिर्ख लुहार र बैतडीको सिगास गाउँपालिका ७ का प्रकाश बोहरा रहेका छन् ।
बिर्खले सिगास गाउँपालिका ७ अगुरालीकी ४४ बर्षीया नर्मा बोहराले कानमा लगाएको सुनका गरगहना लुटेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारी जानकारी दिनुभयो । स्थानीय जंगलमा घाँस काटिरहेका नर्मालाई बिर्खले गत जेठ ३२ गते कैचीको पाता देखाई मार्छु भनि डराईधम्काई मुन्द्रा लुटेको उहाँले बताउनुभयो ।
यस्तै बिर्खबाट मुन्द्रा किन्ने प्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रकाशले साठी हजारमा मुद्रा किनेको हुनाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरु दुबैजनालाई बिक्रीबितरण गरिएको सुनसहित घरबाटै पक्राउ गरिएको हो । पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
Comments
Post a Comment