Skip to main content

बझाङका माईकल पक्राउपछि छुटे वास्तविकता यस्तो पो रहेछ

गोबिन्द यस् पश्चिमखबर। सुदुरपश्चिम टूर एण्ड ट्रावल्सका संचालक मध्येका एक जना सदस्य माइकल क्षेत्री ( मेखेन्द्र खत्री) लाई 9 जना नेपालीहरुलाई 5/5 सय रुपैयाँ लिएर गौरीफण्टा सीमा कटाएको भन्दै प्रकाउ गरिएको थियो । कैलालीको त्रिनगर भन्सार नाकाबाट भारत पठाईदिन्छु भन्दै रकम असुलेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको थियो । 14 तारिखमा भएको सो घटनापछि उनलाई सोही दिन पक्राउ गरिएको थियो । उनलाई 15 अगस्तका दिन रिहा गरिएको छ । भारतीय आधार कार्ड नभएका 9 जना नेपालीहरुलाई माइकलले दिल्ली पठाउनका लागि भन्दै मुख्य नाकाभन्दा टाढाबाट गौरीफण्टा नाका पार गराएका थिए । बसमा बसिसकेपछि भएको तलाशीका क्रममा 9 जनालाई बिना आधारकार्ड पाइएपछि नेपाल प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि सबै 9 जनालाई नेपाल प्रहरीको जिम्मा लगाएर अनुसन्धान गरिएको थियो । उनिहरुसँगको सोधपुछका क्रममा माइकललाई पक्राउ गरिएको थियो ।

एक दिन जिल्ला प्रहरी कार्यालय कैलालीमा बसेका माइकलले नेशनल लाईवसँगको कुराकानीमा आफु, 9 जना नेपालीहरुलाई सीमा कटाउने काममा संलग्न नरहेको बताएका छन । उनले सीमा क्षेत्रका केही व्यक्तिहरुले आधार कार्ड नभएका नेपालीहरुलाई 5 सय रुपैयाँ दरले सीमा पार गराइरहेको र 9 जना नेपालीलाई पनि उनिहरुले सीमा कटाएको बताएका छन । माइकलले भने “ उनिहरु  9 जना हाम्रो बसमा सवार भएकाले पुलिसले मलाई हिरासतमा लिएको थियो । मैले उनिहरुबाट लिएको भाडा फिर्ता गरेपछि म छुटेको हुँ । अहिले हामीले दिल्लीदेखि गौरीफण्टासम्मको भाडा 15 सय तोकेका छौं । यात्रु नभएको अवस्थामा हजार/ 12 सयमा पनि लैजाने गरेका छौं । उनिहरुबाट पनि हामीले 12 सय लिएका थियौं, त्यो फिर्ता गरिदिएपछि म रिहा भएको हुँ । “

भारतको राजधानी दिल्ली बस्दै आएका माइकल अहिले कैलालीमा बस्दै आएका छन । उनले भने मैले गलत गरेको छैन, त्यसैले त प्रहरीले मलाई बोलाउने बितिक्कै जिप्रका पुगेको थियो ।

अर्कोतर्फ भारत जानका लागि आएकाहरु आधारकार्ड बिना भारत जान पाउने भएपछि अवैध बाटोबाट केही रकम दिएर जान पाउँदा सहज महसुस गरेका छन । भारत जान निस्किएकाहरुलाई उनिहरुलाई नेपाल-भारतको कुनै पनि देशको नागरिकता वा पहिचान पत्रले आवत-जावत गर्न नदिएसम्म यो अवैध व्यवसाय यसरीनै चल्ने देखिन्छ । रोजगारीको अभावमा भोकै मर्ने अवस्था आउने भएपछि नेपालीहरु जोखिम मोलेर पनि भारत पस्न बाध्य भएका छन । सरकारले उनिहरुको बाध्यतालाई मध्य नजर गर्दै सहज भारत प्रवेशको वातावरण मिलाउन जरुरी रहेको सीमा हुँदै भारत आएका एक नेपालीले बताएका छन ।

Comments

Popular posts from this blog

ओम सुनार र मिलन रोकया को“राइझुमा” सार्वजनिक

  गोबिन्द यस् पश्चिम खबर। गायक  तथा संगीतकार ओम सुनार र मिलन रोकायाको गीत “राइझुमा” सार्वजनिक गरिएको छ । मिलन रोकाया शब्द रहेको “राइझुमा” मा गायक सुनारको संगीत तथा एरेन्ज रहेको छ ।गीतको भिडियो ओमले आफ्नै आधिकारिक यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।  सुदुर पश्चिममा निकै रुचाइने देउडामा आधारित गीत “राइझुमा”को भिडियोमा मिलन रोकाया र गरिमा शर्मालाई फिचार्ड गरिएको छ। सेर साउदको निर्देशन रहेको भिडियोमा बिष्णु शर्माको सम्पादन र बासु बरालको छायांकन रहेको छ । ओम सुनारले बाबु कान्छा,झमक बहादुर, नेप्टे, बुद्ध वाज बोर्न इन नेपाल लगायत दुइ दर्जन भन्दा बढी नेपाली चलचित्रहरुमा स्वर दिएसकेका छन् ।कोरोना कहरकै बिचमा उनले तिज गित “बारीको पाटामा” आफ्नो दर्शक हरु माझ ल्याएका थिए एलिना चौहान संग गाइएको उक्त गीतले राम्रै चर्चा बटुल्न सफल भएको थियो। भिडीयो हेर्नुहोस्।

राम शीलाल म्युजिक को प्रस्तुतिमा गणेश खड्का को म छाडी अछाम बाइगई सार्वजनिक (भिडियो सहित)

    गोविन्द यस् पश्चिम समाचार। राम शीलाल म्युजिक को प्रस्तुतिमा राम शिलाल र शोभा थापा को स्वर मा मार्मिक देउडा म छाडी अछाम बाइगई भर्खरैै विशेष फिल्मस् युटुुब च्यानलबाट सार्वजनिक भएको छ। राम शिलाल म्युजिक सेन्टर ले भारत को पुणे मै छायांकन गरिएको यस गीत मा स्वर राम शिलाल र शोभा थापा को रहेको छ। भने गीत मा अभिनय रहेको छ सानुमाया गणेश खड्का खुस्बु भट्टराइ, र नरेश थापा रहेको छ। यस गीत मा निर्देशन गर्नु भएको छ रुपा शिलाल ले भने छायांकन अनि सम्पादन रबि आउजी ले गर्नु भएको छ । र म्युजिक एरेन्जर बिजय कुमार थापा मगर ले गर्नु भएको छ। प्रवास मा रहेर पनि राम शिलाल म्युजिक ले थुप्रै नेपालि देउडा तथा लोक दोहोरी गीत को रेकर्डिङ र छायांकन गर्दै आएको पनि जानकारी दिनु भएको छ। भारत को जुन सुकै ठाँउ मा पनि गीत रेकर्डिङ र भिडियो छायांकन को लागि राम शिलाल म्युजिक प्रा लि भारत पुणे लाई एक चोटी अबस्य सम्झनु होला पनि उहाँले जानकारी दिनु भएको छ। नेपालि भासा कला को जोगेर्ना गर्ने उद्देश्यले हामी लागि रहेको को पनि गायक राम सिलालले जानकारी दिनु भएको छ । र अझै दर्जनौ गित बजार मा आउन बाकि रहेको पनि जान...

भुमिराज को मन्दिरमा पुजा आराधना कार्यक्रम सु- सम्पन्न ( फोटो फिचर सहित)

  गो विन्द यस् पश्चिम खबर।   भुमिराजकाे मन्दिरमा आज देखी पुजा कार्यक्रम सु- सम्पन्न भएको छ। आश्विन   शुक्ल   प्रतिपदा का दिनलाई  घटस्थापना  भनिन्छ । यसै दिनदेखि  नवरात्रि  आरम्भ हुन्छ ।  यसै दिन देखि भुमिराज मन्दिर मा पुजा कार्यक्रम  सम्पन्न गरिन्छ  । एक कृत्य यस दिन  जमरा  राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न  जौ  छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।  भुमिराज मन्दिर मा पुजा आराधना गरिँदै। माता  भगवती लाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जल...