Skip to main content

बझाङका माईकल पक्राउपछि छुटे वास्तविकता यस्तो पो रहेछ

गोबिन्द यस् पश्चिमखबर। सुदुरपश्चिम टूर एण्ड ट्रावल्सका संचालक मध्येका एक जना सदस्य माइकल क्षेत्री ( मेखेन्द्र खत्री) लाई 9 जना नेपालीहरुलाई 5/5 सय रुपैयाँ लिएर गौरीफण्टा सीमा कटाएको भन्दै प्रकाउ गरिएको थियो । कैलालीको त्रिनगर भन्सार नाकाबाट भारत पठाईदिन्छु भन्दै रकम असुलेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको थियो । 14 तारिखमा भएको सो घटनापछि उनलाई सोही दिन पक्राउ गरिएको थियो । उनलाई 15 अगस्तका दिन रिहा गरिएको छ । भारतीय आधार कार्ड नभएका 9 जना नेपालीहरुलाई माइकलले दिल्ली पठाउनका लागि भन्दै मुख्य नाकाभन्दा टाढाबाट गौरीफण्टा नाका पार गराएका थिए । बसमा बसिसकेपछि भएको तलाशीका क्रममा 9 जनालाई बिना आधारकार्ड पाइएपछि नेपाल प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि सबै 9 जनालाई नेपाल प्रहरीको जिम्मा लगाएर अनुसन्धान गरिएको थियो । उनिहरुसँगको सोधपुछका क्रममा माइकललाई पक्राउ गरिएको थियो ।

एक दिन जिल्ला प्रहरी कार्यालय कैलालीमा बसेका माइकलले नेशनल लाईवसँगको कुराकानीमा आफु, 9 जना नेपालीहरुलाई सीमा कटाउने काममा संलग्न नरहेको बताएका छन । उनले सीमा क्षेत्रका केही व्यक्तिहरुले आधार कार्ड नभएका नेपालीहरुलाई 5 सय रुपैयाँ दरले सीमा पार गराइरहेको र 9 जना नेपालीलाई पनि उनिहरुले सीमा कटाएको बताएका छन । माइकलले भने “ उनिहरु  9 जना हाम्रो बसमा सवार भएकाले पुलिसले मलाई हिरासतमा लिएको थियो । मैले उनिहरुबाट लिएको भाडा फिर्ता गरेपछि म छुटेको हुँ । अहिले हामीले दिल्लीदेखि गौरीफण्टासम्मको भाडा 15 सय तोकेका छौं । यात्रु नभएको अवस्थामा हजार/ 12 सयमा पनि लैजाने गरेका छौं । उनिहरुबाट पनि हामीले 12 सय लिएका थियौं, त्यो फिर्ता गरिदिएपछि म रिहा भएको हुँ । “

भारतको राजधानी दिल्ली बस्दै आएका माइकल अहिले कैलालीमा बस्दै आएका छन । उनले भने मैले गलत गरेको छैन, त्यसैले त प्रहरीले मलाई बोलाउने बितिक्कै जिप्रका पुगेको थियो ।

अर्कोतर्फ भारत जानका लागि आएकाहरु आधारकार्ड बिना भारत जान पाउने भएपछि अवैध बाटोबाट केही रकम दिएर जान पाउँदा सहज महसुस गरेका छन । भारत जान निस्किएकाहरुलाई उनिहरुलाई नेपाल-भारतको कुनै पनि देशको नागरिकता वा पहिचान पत्रले आवत-जावत गर्न नदिएसम्म यो अवैध व्यवसाय यसरीनै चल्ने देखिन्छ । रोजगारीको अभावमा भोकै मर्ने अवस्था आउने भएपछि नेपालीहरु जोखिम मोलेर पनि भारत पस्न बाध्य भएका छन । सरकारले उनिहरुको बाध्यतालाई मध्य नजर गर्दै सहज भारत प्रवेशको वातावरण मिलाउन जरुरी रहेको सीमा हुँदै भारत आएका एक नेपालीले बताएका छन ।

Comments

Popular posts from this blog

शिक्षा मन्त्रालयको नयाँ निर्णय:हप्तामा दुई दिन सार्वजनिक बिदा र शुक्रबार पनि पठनपाठन हुने

गोबिन्द धामी। नेपाल सरकारले शैक्षिक सत्र २०८३ देखि देशभरका शैक्षिक संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनका लागि नयाँ व्यवस्था लागू गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले जारी गरेको पत्रअनुसार अब शनिबार मात्र सार्वजनिक बिदा हुनेछ भने शुक्रबार नियमित पठनपाठन सञ्चालन गरिनेछ। केन्द्रका अनुसार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णय तथा मन्त्रालयको २०८३/०१/२८ को निर्णय बमोजिम विद्यालयहरूले स्वीकृत पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्नुपर्नेछ। जारी निर्देशनमा प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ। सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठन सञ्चालन गरिनेछ भने हिउँदे/वर्षे बिदा अवधि साविकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ। त्यसैगरी, पहिलो र दोस्रो त्रैमासिक मूल्याङ्कन पठनपाठन भएको दिन वा असर नपर्ने गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने उल्लेख छ। वि...

नीति तथा कार्यक्रम बहसमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षको माग

गोबिन्द धामी। संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले दिने तयारी भएपछि बुधबार विपक्षी दलहरूले कडा विरोध जनाएका छन्। प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै बैठकमा नाराबाजी गरेका थिए। उनीहरूले सरकार जनताप्रति जवाफदेही हुनुपर्ने र महत्वपूर्ण राष्ट्रिय विषयमा प्रधानमन्त्री अनुपस्थित हुनु संसद तथा लोकतान्त्रिक अभ्यासप्रति बेवास्ता भएको आरोप लगाए। विपक्षी दलहरूको भनाइ अनुसार नीति तथा कार्यक्रम सरकारको मुख्य राजनीतिक तथा प्रशासनिक दिशासँग सम्बन्धित भएकाले त्यसबारे स्पष्टिकरण र उत्तर सरकार प्रमुखबाटै आउनु आवश्यक छ। संसदमा उठेका प्रश्नहरू जनचासो, पारदर्शिता र जवाफदेहितासँग प्रत्यक्ष जोडिएका कारण प्रधानमन्त्रीको प्रत्यक्ष सहभागिता अझ आवश्यक भएको उनीहरूको तर्क छ। यस घटनापछि संसदमा सरकारको जवाफदेहिता, कार्यशैली र लोकतान्त्रिक अभ्यासबारे बहस अझ तीव्र बनेको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीबाटै स्पष्ट र जिम्मेवार जवाफ आउनुपर्ने मागलाई थप बलियो बनाएका छन्।

कैलालीका विद्यालयमा आइतवार बिदा सम्बन्धी अन्योल : स्पष्ट निर्देशनको माग

धनगढी, वैशाख २८ गते। गोबिन्द धामी। कैलाली जिल्लाका सामुदायिक विद्यालयहरूमा आइतवार सार्वजनिक बिदा दिने वा नियमित रूपमा विद्यालय सञ्चालन गर्ने विषयमा एकरूपता नहुँदा अभिभावक, विद्यार्थी तथा शिक्षकहरू अन्योलमा परेका छन्। केही विद्यालयहरूले आइतवार बिदा दिएका छन् भने केही विद्यालयहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्। सरकारले हालै सार्वजनिक बिदा सम्बन्धी निर्णय गरेपछि जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका विद्यालयहरूले आ–आफ्नै ढंगले निर्णय कार्यान्वयन गरिरहेका छन्। कतिपय विद्यालयहरूले सरकारी निर्णयलाई पूर्ण रूपमा लागू गर्दै आइतवार बिदा दिएका छन् भने केही विद्यालयहरूले पठनपाठनमा असर पर्ने भन्दै विद्यालय सञ्चालन गरिरहेका छन्। यस अवस्थाले विशेषगरी विद्यार्थी र अभिभावकलाई समस्या सिर्जना गरेको छ। एउटै स्थानीय तहभित्र रहेका विद्यालयहरूको फरक–फरक निर्णयका कारण कतै विद्यार्थी विद्यालय पुगेपछि बिदा भएको जानकारी पाउने अवस्था छ भने कतै विद्यालय खुलेको हुँदा अन्य विद्यालयका विद्यार्थीमा पनि भ्रम उत्पन्न भइरहेको छ। शिक्षक तथा अभिभावकहरूले सम्बन्धित स्थानीय तह, शिक्षा शाखा वा जिल्ला शिक्षा समन्वय इकाइल...