Skip to main content

गायिका रेखा जोशी को फेसबुक फेक आईडि बाट चरित्र हत्या संगलनमा रमेश धामी रहेको खुलासा र अब देखि गल्ती नगर्न माफी मागे

 गोविन्द यस् पश्चिम समाचार।  सुदूरपश्चिम कि चर्चित गायिका रेखा जोशी फेकआइडी खोलेर अनावस्यक बिबादित पोस्टहरु राख्ने, म रेेेखा जोशी हु भन्दै भ्रममा पार्दै ठगी गरि पैसा माग्ने लगायतका लाजमर्दो र अनैतिक काम गर्ने सर्जक तथा गायक  दार्चुलाको रमेश सिङ धामी रहेकोछ । 


उहाँले पटक  पटक गायिका जोशीको चरित्र हत्या पनि गरेको हुँदा उहाँलाई गायिका जोशीले अनुसन्धान र कारवाई को माग   गरिएको बताउनुभयो । रमेश मानबको नाममा कलन्क ब्यक्तिलाइ माफ गर्ने त मेरो मनसाय थिएन किनकी एकपटक पहिला पनि यसले मेरो बारे जथाभाबी लेखेर फेसबुक मा पोस्ट गरेको थियो तेतिबेला मैले आफ्नै भाइ जस्तो लागेर केइ गल्ती भयो कतै सुध्रन्छ कि भनेर केइ बिवाद नगरी माफ गरे तर यस्ले दोस्रो पटक त्यो भन्दा ठूलो गल्ती गर्यो ।रमेश माफी दिन लायक मान्छे त हैन तर पनि प्रबाशी नेपाली सङ्ग को बैठक बसेर यो बिषयमा छलफल गर्दा रमेश ले अब देखि यस्तो गल्ती नगर्ने बाचा गर्दै  हातखुट्टा जोडेर माफी मागेपछी एकपटकलाई अझ माफी गरिदिन रेखा जोशी लाई अनुरोध गर्नुभयोको छ ।



 रमेश धामी भन्ने मान्छेले म सङ्ग जोडियर मलाइ आच आउने कुनै किसिमका तेस्ता गतिबिधी गरेको खण्डमा राम्रो हुने छैन समेत भन्नुभयो । अरु थुप्रैलेफेक आइडी चलाउने को पनि खोजी भैराखेको छ तेसैले अनैतिक काम गर्न बन्द गरौ ।तपाइको कारणले मलाइ सधै के पोस्ट गर्छन मेरो बदनाम गर्छन कि भन्ने सधै मनमा डर पनि भैराख्छ ।



गायिका रेखा जोशीले नेपाल  प्रबासी संघ भारतका राम चन्द्र भण्डारी , अखिल भारत नेपालि एकता मंचका सचिब ऐन रावल , विद्यार्थी नेता मिनेस रावल,जेपि चन्द दाइ माधब पन्त लगायत अन्य थुप्रै सहयोगी हरु लाई  धन्यवाद समेत दिनु भएको छ। 


Comments

Popular posts from this blog

ओम सुनार र मिलन रोकया को“राइझुमा” सार्वजनिक

  गोबिन्द यस् पश्चिम खबर। गायक  तथा संगीतकार ओम सुनार र मिलन रोकायाको गीत “राइझुमा” सार्वजनिक गरिएको छ । मिलन रोकाया शब्द रहेको “राइझुमा” मा गायक सुनारको संगीत तथा एरेन्ज रहेको छ ।गीतको भिडियो ओमले आफ्नै आधिकारिक यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।  सुदुर पश्चिममा निकै रुचाइने देउडामा आधारित गीत “राइझुमा”को भिडियोमा मिलन रोकाया र गरिमा शर्मालाई फिचार्ड गरिएको छ। सेर साउदको निर्देशन रहेको भिडियोमा बिष्णु शर्माको सम्पादन र बासु बरालको छायांकन रहेको छ । ओम सुनारले बाबु कान्छा,झमक बहादुर, नेप्टे, बुद्ध वाज बोर्न इन नेपाल लगायत दुइ दर्जन भन्दा बढी नेपाली चलचित्रहरुमा स्वर दिएसकेका छन् ।कोरोना कहरकै बिचमा उनले तिज गित “बारीको पाटामा” आफ्नो दर्शक हरु माझ ल्याएका थिए एलिना चौहान संग गाइएको उक्त गीतले राम्रै चर्चा बटुल्न सफल भएको थियो। भिडीयो हेर्नुहोस्।

भुमिराज को मन्दिरमा पुजा आराधना कार्यक्रम सु- सम्पन्न ( फोटो फिचर सहित)

  गो विन्द यस् पश्चिम खबर।   भुमिराजकाे मन्दिरमा आज देखी पुजा कार्यक्रम सु- सम्पन्न भएको छ। आश्विन   शुक्ल   प्रतिपदा का दिनलाई  घटस्थापना  भनिन्छ । यसै दिनदेखि  नवरात्रि  आरम्भ हुन्छ ।  यसै दिन देखि भुमिराज मन्दिर मा पुजा कार्यक्रम  सम्पन्न गरिन्छ  । एक कृत्य यस दिन  जमरा  राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न  जौ  छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।  भुमिराज मन्दिर मा पुजा आराधना गरिँदै। माता  भगवती लाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जल...

बैतडीको सुर्नया गाउँपालिका ढोल्यामोडमा पहिलोपटक प्रहरी पोष्टको स्थापना

गोबिन्द यस् सुदुरपश्चिम टुडे।   अपराधिक घटना र वन्यजन्तुको चोरीनिकासी बढ्न थालेपछी बैतडीको सुर्नया गाउँपालिका ८ ढोल्यामोडमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्लाका ३ स्थानीय तहको मिलन बिन्दुका रुपमा रहेको ढोल्यामोड क्षेत्रमा अपराधिक घटना र वन्यजन्तुको चोरीनिकासी न्युनीकरण गर्न प्रहरी पोष्ट स्थापना गरिएको हो । ढोल्यामोड सुर्नया गाउँपालिकाका साथै सिगास गाउँपालिकाका र पुर्चौडी नगरपालिकाको मिलन बिन्दुका रुपमा रहेको छ । आइतबार प्रहरी पोष्टको एक औपचारिक कार्याक्रमकाबिच उद्घाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर रहनुभएको थियो । यस्तै कार्यक्रममा बैतडीका प्रहरीप्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारी, सुर्नया गाउँपालिका अध्यक्ष वीर वहादुर विष्ट र उपाध्यक्ष लिला विष्ट, सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामी र उपाध्यक्ष द्रोपती चन्द लगायत वडाअध्यक्ष र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गतको बजार क्षेत्र भएकाले अन्य अपराधिक क...