Skip to main content

माया कहाँ कतिखेर को संग बस्छ थाह हुँदैन रहेछ।

 गोविन्द यस् पश्चिम खबर।   जिन्दगीमा धेरै मान्छेसँग परिचय हुन्छ। कुनै न कुनै मान्छे  जिन्दगी भर यादगार बनेर बसेको हुन्छ । त्यस्तो मान्छेलाई न त भुल्न नै सकिन्छ। न त त्यो मान्छेलाई पाउन नै सकिन्छ। आउँछ केबल याद हो यहि माया हो। माया कहाँ कतिखेर को संग बस्छ थाह हुँदैन। हो आज यही विषय मा केन्द्रित भएर केही लेखने प्रयास गरेको छु। आशा छ हजुरहरु को माया हौसलाले अझै यस्ता लेखहरू  आगामी दिन हरु मा पनि लेखी रहने छु। र यो लेख लाई तिमी ले पनि पढ्ने छौं भन्ने विश्वास लिएको छु। 

हाम्रो पनि परिचय करिब १ वर्ष अगाडी नै भएको थियो। हामी एकदमै मिल्ने साथी थियौं। मैले उनलाई प्राय जिस्काई रहने थिए।  त्यसैले उनले पनि कुरा गर्न छोडिन। अनि मैले गल्ती गरेको महसुस भयो। र समय बित्दै गयो फेरि एकदिन मैले आफैबाट बोल्न सुरु गरे। दसैं भखरै सिधिँदै थियो। मैले उनलाई दशैंको शुभ कामना व्यक्त गरे। अ साच्चिकै म त आफ्नै भाबनामा पो डुबेछु। आज को  विषयवस्तु तिर नै लाग्छु। अ साँच्ची माया के हो.....माया कहाँ कतिखेर को संग बस्छ....!


भनिन्छ, प्रेम एउटा यस्तो जादु हो, जुन बेला मान्छेले बिषलाई पनि अमृत जस्तो ठानेर पिईदन्छ । प्रेममा परेको मान्छेको जिन्दगी नै भिन्न खालको हुन्छ । उ हरेक पलहरू रमाएर बिताईरहेको हुन्छ । उसका कमजोरीहरू पनि उसलाई शक्ती प्रदान गरिरहेका हुन्छन । उ आफुलाई यो संसारमा भाग्यमानी ठानिरहेको हुन्छ किनभने उसलाई प्रेमका पलहरूले उसले सोचेको भन्दा धेरै बढी खुसी दिईरहेका हुन्छन । 

प्रेमले नै हरेकको जिन्दगीमा खुसीको नदी नै बगाईरहेको हुन्छ । यदी तपाईको जिन्दगी पनि दुखी छ भने हरेकसँग राम्रो व्यवहार र हरेकलाई माया प्रेम बाड्न सिक जसले तपाईलाई पनि माया मिल्नेछ अर्थात तपाईको जिन्दगी पनि खुसी हुन सक्दछ । जब तपाईले केही प्रतीको घृणालाई हटाएर माया राख्छौ तब तपाईले घृणाले भरिएको संसार पनि मायाले भरिएको जस्तो देख्नेछौ ।


मेरो साथीले पनि खूब गरेको छ प्रेम आफ्नी प्रेमिकालाई, पाखुरामा उसको नाउँको टाटु खोपाएर हो यही माया हो।

हामी सबै यहि प्रकृतीका अंश हौँ । प्रकृतीमा भएका साना भन्दा साना चीजले हामीलाई माया गर्न सिकाउँछ, तैपनि हामीलाई यै माया भन्ने चीजले किन दुखाउँछ ?  फैलाएरै फैलिने चीज हो माया प्रेम जिन्दगीभर सम्झिने गर्नु यहिनै मायाप्रेम हो। 

बाकी भाग २ मा जस्तो लाग्छ त्यस्तै प्रतिकिया दिनु होला।



Comments

Popular posts from this blog

ओम सुनार र मिलन रोकया को“राइझुमा” सार्वजनिक

  गोबिन्द यस् पश्चिम खबर। गायक  तथा संगीतकार ओम सुनार र मिलन रोकायाको गीत “राइझुमा” सार्वजनिक गरिएको छ । मिलन रोकाया शब्द रहेको “राइझुमा” मा गायक सुनारको संगीत तथा एरेन्ज रहेको छ ।गीतको भिडियो ओमले आफ्नै आधिकारिक यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।  सुदुर पश्चिममा निकै रुचाइने देउडामा आधारित गीत “राइझुमा”को भिडियोमा मिलन रोकाया र गरिमा शर्मालाई फिचार्ड गरिएको छ। सेर साउदको निर्देशन रहेको भिडियोमा बिष्णु शर्माको सम्पादन र बासु बरालको छायांकन रहेको छ । ओम सुनारले बाबु कान्छा,झमक बहादुर, नेप्टे, बुद्ध वाज बोर्न इन नेपाल लगायत दुइ दर्जन भन्दा बढी नेपाली चलचित्रहरुमा स्वर दिएसकेका छन् ।कोरोना कहरकै बिचमा उनले तिज गित “बारीको पाटामा” आफ्नो दर्शक हरु माझ ल्याएका थिए एलिना चौहान संग गाइएको उक्त गीतले राम्रै चर्चा बटुल्न सफल भएको थियो। भिडीयो हेर्नुहोस्।

भुमिराज को मन्दिरमा पुजा आराधना कार्यक्रम सु- सम्पन्न ( फोटो फिचर सहित)

  गो विन्द यस् पश्चिम खबर।   भुमिराजकाे मन्दिरमा आज देखी पुजा कार्यक्रम सु- सम्पन्न भएको छ। आश्विन   शुक्ल   प्रतिपदा का दिनलाई  घटस्थापना  भनिन्छ । यसै दिनदेखि  नवरात्रि  आरम्भ हुन्छ ।  यसै दिन देखि भुमिराज मन्दिर मा पुजा कार्यक्रम  सम्पन्न गरिन्छ  । एक कृत्य यस दिन  जमरा  राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न  जौ  छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।  भुमिराज मन्दिर मा पुजा आराधना गरिँदै। माता  भगवती लाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जल...

बैतडीको सुर्नया गाउँपालिका ढोल्यामोडमा पहिलोपटक प्रहरी पोष्टको स्थापना

गोबिन्द यस् सुदुरपश्चिम टुडे।   अपराधिक घटना र वन्यजन्तुको चोरीनिकासी बढ्न थालेपछी बैतडीको सुर्नया गाउँपालिका ८ ढोल्यामोडमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्लाका ३ स्थानीय तहको मिलन बिन्दुका रुपमा रहेको ढोल्यामोड क्षेत्रमा अपराधिक घटना र वन्यजन्तुको चोरीनिकासी न्युनीकरण गर्न प्रहरी पोष्ट स्थापना गरिएको हो । ढोल्यामोड सुर्नया गाउँपालिकाका साथै सिगास गाउँपालिकाका र पुर्चौडी नगरपालिकाको मिलन बिन्दुका रुपमा रहेको छ । आइतबार प्रहरी पोष्टको एक औपचारिक कार्याक्रमकाबिच उद्घाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर रहनुभएको थियो । यस्तै कार्यक्रममा बैतडीका प्रहरीप्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारी, सुर्नया गाउँपालिका अध्यक्ष वीर वहादुर विष्ट र उपाध्यक्ष लिला विष्ट, सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामी र उपाध्यक्ष द्रोपती चन्द लगायत वडाअध्यक्ष र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गतको बजार क्षेत्र भएकाले अन्य अपराधिक क...