गोविन्द यस् पश्चिम खबर। हरेक मानिसको जीवनमा पहिलो पटकको प्रेमाकर्षण विशेष सम्झना मनमा रहिरहेको हुन्छ। अञ्जानमा नै जोडिएको त्यो सम्बन्ध को सम्झनाले मनमा काउकुती लगाउने गर्छ।
खै कसरी सुरु गरु ? कहाँबाट सुरु गरु ? कुनै पत्तो पाउन सकिरहेको छैन । भनिन्छ, मायाको कुनै निश्चित रूप हँुदैन, माया गर्ने कुनै निश्चित समय हुँदैन । माया गर्नलाई कुनै निश्चित स्थान हुँदैन । तर माया, माया हुन्छ । आखिर के हो ? कस्तो हुन्छ ? कसरी हुन्छ ? कहाँ हुन्छ ?
संसारमा व्यक्ति पिच्छे यस सम्बन्धी धारणाहरू फरक–फरक रहेका छन् । मायाका भावहरू व्यक्त गर्नका लागि अथवा माया प्रस्फुटनको माध्यम बनेको प्रेम पत्रमा कुनै संस्थानका लागि निश्चित विषयमा रहेर लेखिने निवेदनको जस्तो ढाँचा त पक्कै हुँदैन होला ।
आखिर माया त माया हो । माया नभएको भए संसार कसरी चल्ने थियो होला र ?
अञ्जानमै तिमीसँग प्रेम गर्न पुगेछु, जसको कुनै आभाष थिएन । तिमीसँग असल साथित्वको नाता गासे।
सायद प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा तिमीलाई मेरो मायाको आभाष गराएको थिए ।
न तिमीले स्वीका¥यौ न त त्यसलाई अस्वीकार नै ग¥यौं । कहिले सम्पर्कमा आइदियौं त कहिले अञ्जान बनिदीन्छौ ।
मानिसबाट जानी–जानी तथा अञ्जानमा भूलहरू भएका छन् र भइरहन्छन् । म बाट भूल भए या नभए पनि म सधैं तिम्रो दोषी रहिरहनेछु । प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा तिमी मलाई टाढा जान धकेलिरह्यौ, म गएको छु पनि । तिम्रो साथको आशामा कयौं दिनहरू तिमीलाई नै सम्झिरहे । दुःखमा तिमीलाई कल्पनामा मात्र मेरो असल साथीको रूपमा पाएको छु ।
Comments
Post a Comment