Skip to main content

सुदूरपश्चिम कै पहिलो निर्देशक महिला रुपा शिलाल को निर्देशन मा मौलिक देउडा गीत राधा कृष्ण सार्बजनिक

 गोविन्द यस् धामी नेपाली गीत सँगित क्षेत्रमा थुप्रै सांगीतिक कोसेलीहरु बजारमा प्रतिस्पर्धा छन । तापनि सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गीत संगितको बेग्लै महत्त्व रहेको छ । बजारमा सांगीतिक कोसेलीहरु प्रतिस्पर्धामा रहेपनि देउडा गित भने संख्यामक रुपले उत्पादन भएको देखिन्छ। 

देउडा गीत संगित नेपाल र नेपालीको पहिचान हो। बिसेष गरि सुदूरपश्चिम र मध्यपश्चिमादेउडा गीत संगीत को बेग्लै महत्तो रहेको पाईन्छ।



         सुदूरपश्चिम कै पहिलो महिला निर्देशिका रुपा शिलाल को निर्देशन मा मौलिक देउडा गीत राधा कृष्ण अछामि बड्डो युटुब बाट सार्बजनिक भएको छ। निर्देशिकाले अहिले सम्म ,५०/६० म्युजिक भिडियोमा निर्देशन गरी सक्नु भएको छ।

प्रवास मै भए पनि आफ्नो नेपालि भाषा तथा लोक देउडा संस्कृति को जोगेर्ना गर्दै राम शिलाल म्युजिक सेन्टर ले थुप्रै प्रवासि नव कलाकार लाइ प्रोत्साहान तथा मौका  दिनु भएको छ । भारत बाट नै सजिलै संग गीत रेकर्ड र भिडियो निर्माण समेत राम शिलाल म्युजिक सेन्टर गर्दै आएको गाएक सिलाल ले जानकारी दिनु भएको छ।

 राधा कृष्ण एल्बम मा स्वर प्रकाश थापा माया पाण्डेय को छ भने लय  बिपना बोहरा र शब्द सुदर्शन थापा रहेको छ भने अभिनय  सुदर्सन थापा ,अन्जु सुनार झलक थापा लाल ब खडका सागर खड्का र छायांकन सम्पादन रबि औजी ले गर्नु भएको छ।

भिडियो हेर्नु होस् । 



Comments

Post a Comment

Popular posts from this blog

ओम सुनार र मिलन रोकया को“राइझुमा” सार्वजनिक

  गोबिन्द यस् पश्चिम खबर। गायक  तथा संगीतकार ओम सुनार र मिलन रोकायाको गीत “राइझुमा” सार्वजनिक गरिएको छ । मिलन रोकाया शब्द रहेको “राइझुमा” मा गायक सुनारको संगीत तथा एरेन्ज रहेको छ ।गीतको भिडियो ओमले आफ्नै आधिकारिक यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।  सुदुर पश्चिममा निकै रुचाइने देउडामा आधारित गीत “राइझुमा”को भिडियोमा मिलन रोकाया र गरिमा शर्मालाई फिचार्ड गरिएको छ। सेर साउदको निर्देशन रहेको भिडियोमा बिष्णु शर्माको सम्पादन र बासु बरालको छायांकन रहेको छ । ओम सुनारले बाबु कान्छा,झमक बहादुर, नेप्टे, बुद्ध वाज बोर्न इन नेपाल लगायत दुइ दर्जन भन्दा बढी नेपाली चलचित्रहरुमा स्वर दिएसकेका छन् ।कोरोना कहरकै बिचमा उनले तिज गित “बारीको पाटामा” आफ्नो दर्शक हरु माझ ल्याएका थिए एलिना चौहान संग गाइएको उक्त गीतले राम्रै चर्चा बटुल्न सफल भएको थियो। भिडीयो हेर्नुहोस्।

भुमिराज को मन्दिरमा पुजा आराधना कार्यक्रम सु- सम्पन्न ( फोटो फिचर सहित)

  गो विन्द यस् पश्चिम खबर।   भुमिराजकाे मन्दिरमा आज देखी पुजा कार्यक्रम सु- सम्पन्न भएको छ। आश्विन   शुक्ल   प्रतिपदा का दिनलाई  घटस्थापना  भनिन्छ । यसै दिनदेखि  नवरात्रि  आरम्भ हुन्छ ।  यसै दिन देखि भुमिराज मन्दिर मा पुजा कार्यक्रम  सम्पन्न गरिन्छ  । एक कृत्य यस दिन  जमरा  राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न  जौ  छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।  भुमिराज मन्दिर मा पुजा आराधना गरिँदै। माता  भगवती लाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जल...

कैलालीकाे कैलारी गाउँपालिका डुबानमा, नेपाल प्रहरी संघ संस्था र स्थानीय र प्रतिनिधि को उपस्तिथिमा उद्दार गरिदैं

गोविन्द यस् धामी  धनगढी   : हिजो रातिदेखि परेको वर्षाका कारण २६० भन्दा बढी घरमा पानि पसेको हो।कैलारी ७ को बाढीपीडित गाउँ हरुको पालिका अध्यक्ष राज समझ चौधरी ज्यु प्रशासकिय अधिकृत वीर बहादुर ऐर ज्यु नेपाली सेना ससस्त्र प्रहरी नेपाल प्रहरी संघ संस्था र स्थानीय प्रतिनिधि को उपस्तिथिमा अनुगमन तथा उद्दार गरिदैंछ। कैलारी गाउँपालिकाका वडा नं ७ का अध्यक्ष  दिपेन्द्र बमले दिएको जानकारी अनुसार कैलारी गाउँपालिकाका भुँइयाँफाटा, रामपुर, वसन्ताका बस्तीमा पानि पसि २६० घरपरिवार बिस्थापित भएको बताएका छन्।  डुबान भएका बस्तीका परिवार लाई अहिले उद्धार गरिरहेको बताएको छ।आबस्यक राहत प्याकेज को ब्यबस्था गर्ने गाउँ पालिका अध्यक्ष राज समझ चौधरी ले गर्ने जानकारी दिनु भएको छ।