Skip to main content

Posts

Showing posts from February, 2021

राम शीलाल म्युजिक को प्रस्तुतिमा कि सिंउदो मेटिजा भाग २ सार्वजनिक (भिडियो सहित)

    गोविन्द यस् पश्चिम समाचार।    राम शीलाल म्युजिक को प्रस्तुति मा पुरन परियार र सनम औजी को कि सिंउदो मेटिजा भाग २ राखिन सिंदुर को मान सुदुर धमाका युटुुब च्यानलबाट सार्वजनिक भएको छ ।  राम शिलाल म्युजिक सेन्टर ले भारत को पुणे मै छायांकन गरिएको यस गीत मा स्वर रहेको छ राम शिलाल र कल्पना बि सि को रहेको छ भने राम शिलाल र खुस्बु भट्टराइ सनम आउजी को अभिनय गरेका छन्। पुरन परियार र सनम औजी को लय शब्द  रहेको छ भने गित लाई एरेन्ज विजय थापा ले। गर्नु भएको छ र निर्देशन भने रुपा शिलाल ले गर्नु भएको छ। छायांकन सम्पादन रबि आउजिले गर्न भएको छ।अडियो भिडियो निर्माण शिलाल म्युजिक ले गर्नु भएको छ।   प्रवास मा रहेर पनि राम शिलाल म्युजिक ले थुप्रै नेपालि देउडा तथा लोक दोहोरी गीत को रेकर्डिङ र छायांकन गर्दै आएको पनि जानकारि दिनु भयो। नेपालि  भासा कला को जोगेर्ना गर्ने उद्देश्यले हामी लागि रहेको को पनि गायक राम सिलालले जानकारी दिनु भएको छ । र अझै दर्जनौ गीत अझै छायांकन हुन बाँकि नै रहेको पनि जानकारी गराउनु भएको छ। भिडीयो हेर्नुहोस्।

प्रवीण बाँस्तोला मृत्यु-प्रकरण: सरकारी वकिलले गर्‍यो ६ जना विरुद्ध मुद्दा दर्ता

 गोविन्द यस् धामी पश्चिम खबर। उर्लाबारी-५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु भएको घटनामा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ। सरकारी वकिलको कार्यालयले पक्राउ परेका दुई जना र फरार भएका ४ सहित ६ जनाविरूद्ध मोरङ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो। प्रहरीले पक्राउ गरेका होटल संचालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई र प्रवीणका साथी मोरङ रतुवामाई नगरपालिका-१० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जीसहित अन्य चार जनालाई फरार प्रतिवादी बनाएर मंगलबार अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यले जानकारी दिए। सोही मुद्दामा प्रवीणका साथीहरू उर्लाबारी नगरपालिका ६ प्रगति टोलका १९ वर्षीय सुदीप परियार, सोही ठाउँका ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका ९ का ३१ वर्षीय दिपेश पौडेल र प्रवीण शव भेटिएको घरधनी उर्लाबारी ६ फिल्म हल छेउका ६० वर्षीय रमेश गिरीलाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता भएको हो। अदालतमा अभियोग दर्ता भएपछि पक्राउ परेका...

गोबर ग्यास को सेफ्टी ट्याकी बाट खसेर कैलारीमा एक जना को मृत्यु

 गोविन्द यस् धामी पश्चिम खबर।   कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८ हसुलियामा बुधबार साँझ ५२ वर्षीय टीकाबहादुर थापाको गोबर ग्यासको सेफ्टी ट्याकीमा खसेर मृत्यु भएकोे छ ।  मृतक थापाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ र घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए ।

सर्वोच्च अदालतको फैसला सामान्य यसले मलाई कुनै असर पर्दैन। प्रधानमन्त्री केपि शर्मा ओली

  गोविन्द यस् धामी पश्चिम खबर।  प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला सामान्य भएको र यसले आफूलाई कुनै असर नगर्ने बताउनुभएको छ । बुधबार (आज) ‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसलाले आफूलाई कुनै असर नगर्ने बताउनुभएको हो । त्यस्तै, उहाँले आफू प्रधानमन्त्री छँदासम्म राम्रो काम गर्ने पनि बताउनुभयो । मंगलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको खुसीयालीमा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले लड्डु ख्वाइ ख्वाइ गरेका थिए । सोही विषयलाई लिएर प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मेरा भाईहरुले लड्डु ख्वाइ ख्वाइ गरेका छन् । जिते भनेका छन् । के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछ हेर्नु छ ।’ त्यस्तै, उहाँले जिन्दगीको कुनै ठेगान नभएको र जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो, भन्दै भन्नुभयो, ‘भोलि–पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि भन्ने लागिरहेको छ । राजीनामा देउ, राजीनामा देउ । त्यतापट्टी चिन्ता गर्नु पर्दैन । को मान्छे कतिखेर हर्टअट्याक भएर मर्न स...

सर्वोच्च द्वारा संसद पुनर्स्थापना संसद विघटनको कदम खारेज

गोविन्द यस् धामी पश्चिम खबर - सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ । गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो। दुई महिनाको बहसपछि आज फैसला सुनाइएको हो । सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका थिए। यो मुद्दाका दुवै पक्षले बहस गर्नुका साथै र एमिकस क्युरीले समेत आफ्नो राय राखेका थिए ।

सिधाकुरा टिम नयाँ टेलिभिजन बाट कार्यक्रम ल्याउदै

गोविन्द यस् धामी पश्चिम खबर। सञ्चारकर्मी रवि लामिछानेलगायत’को सं’लग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आएको छ । मंगलबार राजधानी’मा पत्रकार सम्मेलन गरी ला’मिछानेले ‘ग्यालेक्सी फोरके’ टेलि’भिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको जनाइएको छ । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गरेर लामिछाने चर्चामा आएका थिए । उद्घाटन समारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए । ‘जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’, लामिछानेले भने टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् ।

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पुजा गरिँदै

  गोविन्द यस् धामी पश्चिम खबर। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ ।वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह इही जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ ।उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

फेब्रुअरी १४ तारिख मा भ्यालेन्टाईन डे मनाईंदै

  गोविन्द यस् धामी पश्चिम खबर।  फागुन २  । फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस (भ्यालेन्टाइन डे) । प्रणय दिवस विश्वभर मनाईंदै छ । विशेष गरी युवा युवतीले आजको दिनलाई विशेष अवसरका रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् ।

नवीन गारमेन्टस एन्ड ज्वलरी अब अत्तरियामा पनि

  गोविन्द यस् धामी।  सुदूर पश्चिम खबर।  सुदुर पश्चिम प्रदेश नं ७ अतरिया मा पनि नवीन गारमेन्टस एन्ड ज्वलरी   होलसेल बिक्रेता सेवा सुबिधा   उपलब्ध छ। एकचोटी सेवा गर्नेेेे मौका अवश्यक दिनुहोला।