गोविन्द यस् धामी पश्चिम खबर। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ ।वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह इही जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ ।उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
गोबिन्द यस् पश्चिम खबर। गायक तथा संगीतकार ओम सुनार र मिलन रोकायाको गीत “राइझुमा” सार्वजनिक गरिएको छ । मिलन रोकाया शब्द रहेको “राइझुमा” मा गायक सुनारको संगीत तथा एरेन्ज रहेको छ ।गीतको भिडियो ओमले आफ्नै आधिकारिक यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । सुदुर पश्चिममा निकै रुचाइने देउडामा आधारित गीत “राइझुमा”को भिडियोमा मिलन रोकाया र गरिमा शर्मालाई फिचार्ड गरिएको छ। सेर साउदको निर्देशन रहेको भिडियोमा बिष्णु शर्माको सम्पादन र बासु बरालको छायांकन रहेको छ । ओम सुनारले बाबु कान्छा,झमक बहादुर, नेप्टे, बुद्ध वाज बोर्न इन नेपाल लगायत दुइ दर्जन भन्दा बढी नेपाली चलचित्रहरुमा स्वर दिएसकेका छन् ।कोरोना कहरकै बिचमा उनले तिज गित “बारीको पाटामा” आफ्नो दर्शक हरु माझ ल्याएका थिए एलिना चौहान संग गाइएको उक्त गीतले राम्रै चर्चा बटुल्न सफल भएको थियो। भिडीयो हेर्नुहोस्।
Comments
Post a Comment