Skip to main content

गायक चन्द र निरु देउवा को माया जाल यसरी छुट्यो ( भिडियो सहित)

 गोविन्द यस् धामी पश्चिम खबर। नेपाली सँगित क्षेत्रमा थुप्रै सांगीतिक कोसेलीहरु बजारमा प्रतिस्पर्धामा छन । तापनि सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गीत संगितको बेग्लै महत्व रहेको छ । 



गायक लोकेन्द्र बहादुर चन्दको जन्म बैतडी जिल्लाको आमचौरा गा.वि.स. वडा नं. ९ मा बुवा काशी चन्द र आमा भानमती चन्दको कोखबाट भएको हो ।

  म छु रोल्पा रुकुम” २०६६ साल तिर गाएका गायक चन्द भन्नु हुन्छ “बिचमा केही समय गित रेकर्ड गराउन सकिन त्यसैले “म छु रोल्पा रुकुम” यल्बमबाट खासै मैले आफुलाई चिनाउन पनि सकिन बि.स २०७२ जन्मया ठाउँ बिरानी भईगई उन्को आफनै यल्बमबाट भने आफुलाई चिनाउन सफल भएका थिए।

गायक चन्दले हालसम्म १० दर्जन भन्दा बढी गितमा स्वर दिईसकेको जानकारी दिनु भएको छ । उहाँ भन्नु हुन्छ जनम्या ठाँउ बिरानी भैगइ जनम्या ठाँउ बिरानी भैगइ गीत पछि मैले साङ्गितिक क्षेत्रमा धेरै कुरा सिक्न पाउनका साथै धेरै साथीहरुको माया पनि पाएको गायक चन्दले बताउनु भयो।

पछिल्लो समय मा नाच्ची – नाच्ची हल्कन्या , पैन्ट खल्कन्या र ब्यागरिदेउ , ब्यागरिदेउ पोइल जान बेर छैन र पेटिकोट गीत बाट निकै चर्चा मा आएका चन्द ले छुट्यो बैैरी माया जाल भर्खरै सुदुर पश्चिम टिभि YouTube च्यानल बाट सार्वजनिक भएकाे छ।

जस्मा स्वर लोकेन्द्र चन्द निरु देउवा को छ भने लय/शब्द गायक चन्द रहेकाे छ ।एरेन्ज गोपाल दयाल ले गर्नु भएको छ। भने सगुन डिजिटल रेकडिङ स्टूडियो रेकर्ड भएको हो।

मेफुज ले छायाकंन गरेका छन् र अभिनय तर्फ नरेन्द्र जोशी भारती धमेना र धर्मेन्द्र भट्ट को रहेको छ र निर्देशन नरेन्द्र जोशी ले गरेका छन उक्त भिडियो मा सानै छदा बसेको माया विविध समस्याका कारणले गर्दा बिदेशीन परेको र माया छुटिन गएको भिडियोमा देख्न सकिन्छ।


 भिडियो हेर्नू होस्।








Comments

Popular posts from this blog

शिक्षा मन्त्रालयको नयाँ निर्णय:हप्तामा दुई दिन सार्वजनिक बिदा र शुक्रबार पनि पठनपाठन हुने

गोबिन्द धामी। नेपाल सरकारले शैक्षिक सत्र २०८३ देखि देशभरका शैक्षिक संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनका लागि नयाँ व्यवस्था लागू गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले जारी गरेको पत्रअनुसार अब शनिबार मात्र सार्वजनिक बिदा हुनेछ भने शुक्रबार नियमित पठनपाठन सञ्चालन गरिनेछ। केन्द्रका अनुसार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णय तथा मन्त्रालयको २०८३/०१/२८ को निर्णय बमोजिम विद्यालयहरूले स्वीकृत पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्नुपर्नेछ। जारी निर्देशनमा प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ। सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठन सञ्चालन गरिनेछ भने हिउँदे/वर्षे बिदा अवधि साविकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ। त्यसैगरी, पहिलो र दोस्रो त्रैमासिक मूल्याङ्कन पठनपाठन भएको दिन वा असर नपर्ने गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने उल्लेख छ। वि...

नीति तथा कार्यक्रम बहसमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षको माग

गोबिन्द धामी। संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले दिने तयारी भएपछि बुधबार विपक्षी दलहरूले कडा विरोध जनाएका छन्। प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै बैठकमा नाराबाजी गरेका थिए। उनीहरूले सरकार जनताप्रति जवाफदेही हुनुपर्ने र महत्वपूर्ण राष्ट्रिय विषयमा प्रधानमन्त्री अनुपस्थित हुनु संसद तथा लोकतान्त्रिक अभ्यासप्रति बेवास्ता भएको आरोप लगाए। विपक्षी दलहरूको भनाइ अनुसार नीति तथा कार्यक्रम सरकारको मुख्य राजनीतिक तथा प्रशासनिक दिशासँग सम्बन्धित भएकाले त्यसबारे स्पष्टिकरण र उत्तर सरकार प्रमुखबाटै आउनु आवश्यक छ। संसदमा उठेका प्रश्नहरू जनचासो, पारदर्शिता र जवाफदेहितासँग प्रत्यक्ष जोडिएका कारण प्रधानमन्त्रीको प्रत्यक्ष सहभागिता अझ आवश्यक भएको उनीहरूको तर्क छ। यस घटनापछि संसदमा सरकारको जवाफदेहिता, कार्यशैली र लोकतान्त्रिक अभ्यासबारे बहस अझ तीव्र बनेको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीबाटै स्पष्ट र जिम्मेवार जवाफ आउनुपर्ने मागलाई थप बलियो बनाएका छन्।

कैलालीका विद्यालयमा आइतवार बिदा सम्बन्धी अन्योल : स्पष्ट निर्देशनको माग

धनगढी, वैशाख २८ गते। गोबिन्द धामी। कैलाली जिल्लाका सामुदायिक विद्यालयहरूमा आइतवार सार्वजनिक बिदा दिने वा नियमित रूपमा विद्यालय सञ्चालन गर्ने विषयमा एकरूपता नहुँदा अभिभावक, विद्यार्थी तथा शिक्षकहरू अन्योलमा परेका छन्। केही विद्यालयहरूले आइतवार बिदा दिएका छन् भने केही विद्यालयहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्। सरकारले हालै सार्वजनिक बिदा सम्बन्धी निर्णय गरेपछि जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका विद्यालयहरूले आ–आफ्नै ढंगले निर्णय कार्यान्वयन गरिरहेका छन्। कतिपय विद्यालयहरूले सरकारी निर्णयलाई पूर्ण रूपमा लागू गर्दै आइतवार बिदा दिएका छन् भने केही विद्यालयहरूले पठनपाठनमा असर पर्ने भन्दै विद्यालय सञ्चालन गरिरहेका छन्। यस अवस्थाले विशेषगरी विद्यार्थी र अभिभावकलाई समस्या सिर्जना गरेको छ। एउटै स्थानीय तहभित्र रहेका विद्यालयहरूको फरक–फरक निर्णयका कारण कतै विद्यार्थी विद्यालय पुगेपछि बिदा भएको जानकारी पाउने अवस्था छ भने कतै विद्यालय खुलेको हुँदा अन्य विद्यालयका विद्यार्थीमा पनि भ्रम उत्पन्न भइरहेको छ। शिक्षक तथा अभिभावकहरूले सम्बन्धित स्थानीय तह, शिक्षा शाखा वा जिल्ला शिक्षा समन्वय इकाइल...