Skip to main content

सुदूरपश्चिममा भारी वर्षा हुने सम्भावना

 गोविन्द यस् धामी पश्चिम संदेश।नेपालकाे धेरैजसो भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।


सुदूरपश्चिम र प्रदेश न १ का केही स्थानहरुमा मध्यम देखि भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रदेश १ लगायत देशका बाँकी पहाडी भूभागमा शुक्रबार राति आंशिक देखि सामान्य बदली र अन्य भूभागमा सामान्यतय सफा रहने महाशाखाले जनाएको छ।


प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

Comments

Popular posts from this blog

ओम सुनार र मिलन रोकया को“राइझुमा” सार्वजनिक

  गोबिन्द यस् पश्चिम खबर। गायक  तथा संगीतकार ओम सुनार र मिलन रोकायाको गीत “राइझुमा” सार्वजनिक गरिएको छ । मिलन रोकाया शब्द रहेको “राइझुमा” मा गायक सुनारको संगीत तथा एरेन्ज रहेको छ ।गीतको भिडियो ओमले आफ्नै आधिकारिक यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।  सुदुर पश्चिममा निकै रुचाइने देउडामा आधारित गीत “राइझुमा”को भिडियोमा मिलन रोकाया र गरिमा शर्मालाई फिचार्ड गरिएको छ। सेर साउदको निर्देशन रहेको भिडियोमा बिष्णु शर्माको सम्पादन र बासु बरालको छायांकन रहेको छ । ओम सुनारले बाबु कान्छा,झमक बहादुर, नेप्टे, बुद्ध वाज बोर्न इन नेपाल लगायत दुइ दर्जन भन्दा बढी नेपाली चलचित्रहरुमा स्वर दिएसकेका छन् ।कोरोना कहरकै बिचमा उनले तिज गित “बारीको पाटामा” आफ्नो दर्शक हरु माझ ल्याएका थिए एलिना चौहान संग गाइएको उक्त गीतले राम्रै चर्चा बटुल्न सफल भएको थियो। भिडीयो हेर्नुहोस्।

भुमिराज को मन्दिरमा पुजा आराधना कार्यक्रम सु- सम्पन्न ( फोटो फिचर सहित)

  गो विन्द यस् पश्चिम खबर।   भुमिराजकाे मन्दिरमा आज देखी पुजा कार्यक्रम सु- सम्पन्न भएको छ। आश्विन   शुक्ल   प्रतिपदा का दिनलाई  घटस्थापना  भनिन्छ । यसै दिनदेखि  नवरात्रि  आरम्भ हुन्छ ।  यसै दिन देखि भुमिराज मन्दिर मा पुजा कार्यक्रम  सम्पन्न गरिन्छ  । एक कृत्य यस दिन  जमरा  राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न  जौ  छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।  भुमिराज मन्दिर मा पुजा आराधना गरिँदै। माता  भगवती लाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जल...

बैतडीको सुर्नया गाउँपालिका ढोल्यामोडमा पहिलोपटक प्रहरी पोष्टको स्थापना

गोबिन्द यस् सुदुरपश्चिम टुडे।   अपराधिक घटना र वन्यजन्तुको चोरीनिकासी बढ्न थालेपछी बैतडीको सुर्नया गाउँपालिका ८ ढोल्यामोडमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्लाका ३ स्थानीय तहको मिलन बिन्दुका रुपमा रहेको ढोल्यामोड क्षेत्रमा अपराधिक घटना र वन्यजन्तुको चोरीनिकासी न्युनीकरण गर्न प्रहरी पोष्ट स्थापना गरिएको हो । ढोल्यामोड सुर्नया गाउँपालिकाका साथै सिगास गाउँपालिकाका र पुर्चौडी नगरपालिकाको मिलन बिन्दुका रुपमा रहेको छ । आइतबार प्रहरी पोष्टको एक औपचारिक कार्याक्रमकाबिच उद्घाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर रहनुभएको थियो । यस्तै कार्यक्रममा बैतडीका प्रहरीप्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारी, सुर्नया गाउँपालिका अध्यक्ष वीर वहादुर विष्ट र उपाध्यक्ष लिला विष्ट, सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामी र उपाध्यक्ष द्रोपती चन्द लगायत वडाअध्यक्ष र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गतको बजार क्षेत्र भएकाले अन्य अपराधिक क...