गोबिन्द धामी। बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–५, धामीगाउँ (पनौले) निवासी स्वर्गीय कृष्ण धामीको हत्या प्रकरणले सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको छ।
घटना भएको लामो समय बितिसक्दा पनि हालसम्म दोषी सार्वजनिक नहुनु अत्यन्त दुःखद र चिन्ताजनक विषय बनेको छ।
यस गम्भीर घटनाको सत्यतथ्य छानबिन गरी दोषी व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ।
निष्पक्ष अनुसन्धानमार्फत पीडित परिवारलाई न्याय दिलाउनु राज्यको दायित्व हो।
जिल्ला प्रशासन कार्यालय बझाङ, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाहरूसँग घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही अगाडि बढाउन हार्दिक अपिल गरिन्छ।
साथै, यस्ता घटनाले समाजमा दण्डहीनता बढ्न नदिन समयमै न्याय सुनिश्चित गरिनुपर्छ भन्ने आम जनताको अपेक्षा रहेको छ।
गोबिन्द धामी। नेपाल सरकारले शैक्षिक सत्र २०८३ देखि देशभरका शैक्षिक संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनका लागि नयाँ व्यवस्था लागू गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले जारी गरेको पत्रअनुसार अब शनिबार मात्र सार्वजनिक बिदा हुनेछ भने शुक्रबार नियमित पठनपाठन सञ्चालन गरिनेछ। केन्द्रका अनुसार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णय तथा मन्त्रालयको २०८३/०१/२८ को निर्णय बमोजिम विद्यालयहरूले स्वीकृत पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्नुपर्नेछ। जारी निर्देशनमा प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ। सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठन सञ्चालन गरिनेछ भने हिउँदे/वर्षे बिदा अवधि साविकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ। त्यसैगरी, पहिलो र दोस्रो त्रैमासिक मूल्याङ्कन पठनपाठन भएको दिन वा असर नपर्ने गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने उल्लेख छ। वि...


Comments
Post a Comment