गोबिन्द धामी। कैलाली जिल्लाका विभिन्न स्थानीय तहमा सरकारी कार्यालय, विद्यालय, बैंक, स्वास्थ्य संस्था तथा बजार क्षेत्र ऐलानी जग्गामै सञ्चालन हुँदै आएको तथ्य सार्वजनिक भएको छ। पञ्चायतकालदेखि स्थापना भएका कतिपय बजारहरू हालसम्म पनि कानुनी व्यवस्थापनबिनै सञ्चालनमा रहेका छन्।
कैलारी गाउँपालिका–१ को हसुलिया बजार, वडा नं. ५ स्थित पुरानो पवेरा मण्डी तथा लम्कीचुहा नगरपालिका–३ को चिसापानी बजार लगायतका क्षेत्र ऐलानी जग्गामा रहेको जनाइएको छ। यस्तै, केही सरकारी कार्यालय, विद्यालय, बैंक तथा प्रहरी कार्यालयसमेत ऐलानी जमिनमै निर्माण गरिएका छन्।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार सार्वजनिक संरचनासमेत ऐलानी जग्गामा भएकाले अतिक्रमण हटाउने तथा व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण बनेको छ। कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले दीर्घकालीन समाधानका लागि सरकारले स्पष्ट नीति ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्।
स्थानीय व्यापारीहरूका अनुसार सुरुमा अस्थायी रूपमा बसोबास र व्यापार गरिए पनि समयसँगै स्थायी संरचना विस्तार हुँदै गएको हो। सरोकारवालाहरूले ऐलानी जग्गाको नापजाँच, अभिलेखीकरण तथा कानुनी व्यवस्थापन गरी सार्वजनिक सम्पत्तिको संरक्षणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
गोबिन्द धामी। नेपाल सरकारले शैक्षिक सत्र २०८३ देखि देशभरका शैक्षिक संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनका लागि नयाँ व्यवस्था लागू गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले जारी गरेको पत्रअनुसार अब शनिबार मात्र सार्वजनिक बिदा हुनेछ भने शुक्रबार नियमित पठनपाठन सञ्चालन गरिनेछ। केन्द्रका अनुसार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णय तथा मन्त्रालयको २०८३/०१/२८ को निर्णय बमोजिम विद्यालयहरूले स्वीकृत पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्नुपर्नेछ। जारी निर्देशनमा प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ। सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठन सञ्चालन गरिनेछ भने हिउँदे/वर्षे बिदा अवधि साविकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ। त्यसैगरी, पहिलो र दोस्रो त्रैमासिक मूल्याङ्कन पठनपाठन भएको दिन वा असर नपर्ने गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने उल्लेख छ। वि...


Comments
Post a Comment