Skip to main content

Posts

नीति तथा कार्यक्रम बहसमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षको माग

गोबिन्द धामी। संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले दिने तयारी भएपछि बुधबार विपक्षी दलहरूले कडा विरोध जनाएका छन्। प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै बैठकमा नाराबाजी गरेका थिए। उनीहरूले सरकार जनताप्रति जवाफदेही हुनुपर्ने र महत्वपूर्ण राष्ट्रिय विषयमा प्रधानमन्त्री अनुपस्थित हुनु संसद तथा लोकतान्त्रिक अभ्यासप्रति बेवास्ता भएको आरोप लगाए। विपक्षी दलहरूको भनाइ अनुसार नीति तथा कार्यक्रम सरकारको मुख्य राजनीतिक तथा प्रशासनिक दिशासँग सम्बन्धित भएकाले त्यसबारे स्पष्टिकरण र उत्तर सरकार प्रमुखबाटै आउनु आवश्यक छ। संसदमा उठेका प्रश्नहरू जनचासो, पारदर्शिता र जवाफदेहितासँग प्रत्यक्ष जोडिएका कारण प्रधानमन्त्रीको प्रत्यक्ष सहभागिता अझ आवश्यक भएको उनीहरूको तर्क छ। यस घटनापछि संसदमा सरकारको जवाफदेहिता, कार्यशैली र लोकतान्त्रिक अभ्यासबारे बहस अझ तीव्र बनेको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीबाटै स्पष्ट र जिम्मेवार जवाफ आउनुपर्ने मागलाई थप बलियो बनाएका छन्।

शिक्षा मन्त्रालयको नयाँ निर्णय:हप्तामा दुई दिन सार्वजनिक बिदा र शुक्रबार पनि पठनपाठन हुने

गोबिन्द धामी। नेपाल सरकारले शैक्षिक सत्र २०८३ देखि देशभरका शैक्षिक संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनका लागि नयाँ व्यवस्था लागू गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले जारी गरेको पत्रअनुसार अब शनिबार मात्र सार्वजनिक बिदा हुनेछ भने शुक्रबार नियमित पठनपाठन सञ्चालन गरिनेछ। केन्द्रका अनुसार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णय तथा मन्त्रालयको २०८३/०१/२८ को निर्णय बमोजिम विद्यालयहरूले स्वीकृत पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्नुपर्नेछ। जारी निर्देशनमा प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ। सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठन सञ्चालन गरिनेछ भने हिउँदे/वर्षे बिदा अवधि साविकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ। त्यसैगरी, पहिलो र दोस्रो त्रैमासिक मूल्याङ्कन पठनपाठन भएको दिन वा असर नपर्ने गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने उल्लेख छ। वि...

कैलालीका विद्यालयमा आइतवार बिदा सम्बन्धी अन्योल : स्पष्ट निर्देशनको माग

धनगढी, वैशाख २८ गते। गोबिन्द धामी। कैलाली जिल्लाका सामुदायिक विद्यालयहरूमा आइतवार सार्वजनिक बिदा दिने वा नियमित रूपमा विद्यालय सञ्चालन गर्ने विषयमा एकरूपता नहुँदा अभिभावक, विद्यार्थी तथा शिक्षकहरू अन्योलमा परेका छन्। केही विद्यालयहरूले आइतवार बिदा दिएका छन् भने केही विद्यालयहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्। सरकारले हालै सार्वजनिक बिदा सम्बन्धी निर्णय गरेपछि जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका विद्यालयहरूले आ–आफ्नै ढंगले निर्णय कार्यान्वयन गरिरहेका छन्। कतिपय विद्यालयहरूले सरकारी निर्णयलाई पूर्ण रूपमा लागू गर्दै आइतवार बिदा दिएका छन् भने केही विद्यालयहरूले पठनपाठनमा असर पर्ने भन्दै विद्यालय सञ्चालन गरिरहेका छन्। यस अवस्थाले विशेषगरी विद्यार्थी र अभिभावकलाई समस्या सिर्जना गरेको छ। एउटै स्थानीय तहभित्र रहेका विद्यालयहरूको फरक–फरक निर्णयका कारण कतै विद्यार्थी विद्यालय पुगेपछि बिदा भएको जानकारी पाउने अवस्था छ भने कतै विद्यालय खुलेको हुँदा अन्य विद्यालयका विद्यार्थीमा पनि भ्रम उत्पन्न भइरहेको छ। शिक्षक तथा अभिभावकहरूले सम्बन्धित स्थानीय तह, शिक्षा शाखा वा जिल्ला शिक्षा समन्वय इकाइल...

कैलालीमा सरकारी संरचनादेखि बजारसम्म ऐलानी जग्गामा

गोबिन्द धामी। कैलाली जिल्लाका विभिन्न स्थानीय तहमा सरकारी कार्यालय, विद्यालय, बैंक, स्वास्थ्य संस्था तथा बजार क्षेत्र ऐलानी जग्गामै सञ्चालन हुँदै आएको तथ्य सार्वजनिक भएको छ। पञ्चायतकालदेखि स्थापना भएका कतिपय बजारहरू हालसम्म पनि कानुनी व्यवस्थापनबिनै सञ्चालनमा रहेका छन्। कैलारी गाउँपालिका–१ को हसुलिया बजार, वडा नं. ५ स्थित पुरानो पवेरा मण्डी तथा लम्कीचुहा नगरपालिका–३ को चिसापानी बजार लगायतका क्षेत्र ऐलानी जग्गामा रहेको जनाइएको छ। यस्तै, केही सरकारी कार्यालय, विद्यालय, बैंक तथा प्रहरी कार्यालयसमेत ऐलानी जमिनमै निर्माण गरिएका छन्। स्थानीय जनप्रतिनिधिहरूका अनुसार सार्वजनिक संरचनासमेत ऐलानी जग्गामा भएकाले अतिक्रमण हटाउने तथा व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण बनेको छ। कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले दीर्घकालीन समाधानका लागि सरकारले स्पष्ट नीति ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्। स्थानीय व्यापारीहरूका अनुसार सुरुमा अस्थायी रूपमा बसोबास र व्यापार गरिए पनि समयसँगै स्थायी संरचना विस्तार हुँदै गएको हो। सरोकारवालाहरूले ऐलानी जग्गाको नापजाँच, अभिलेखीकरण तथा कानुनी व्यवस्थापन गरी ...

बित्थडचिर –५, कृष्ण धामी हत्या प्रकरणको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग

गोबिन्द धामी। बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–५, धामीगाउँ (पनौले) निवासी स्वर्गीय कृष्ण धामीको हत्या प्रकरणले सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको छ। घटना भएको लामो समय बितिसक्दा पनि हालसम्म दोषी सार्वजनिक नहुनु अत्यन्त दुःखद र चिन्ताजनक विषय बनेको छ। यस गम्भीर घटनाको सत्यतथ्य छानबिन गरी दोषी व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ। निष्पक्ष अनुसन्धानमार्फत पीडित परिवारलाई न्याय दिलाउनु राज्यको दायित्व हो। जिल्ला प्रशासन कार्यालय बझाङ, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाहरूसँग घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही अगाडि बढाउन हार्दिक अपिल गरिन्छ। साथै, यस्ता घटनाले समाजमा दण्डहीनता बढ्न नदिन समयमै न्याय सुनिश्चित गरिनुपर्छ भन्ने आम जनताको अपेक्षा रहेको छ।

न छुटौ पिरिम को डोरी म्युजिक भिडियो सार्वजनिक

धनगढी, असोज ६ गते । नेपाली सँगित क्षेत्रमा थुप्रै सांगीतिक कोसेलीहरु बजारमा प्रतिस्पर्धामा छन । तापनि सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गीत संगितको बेग्लै महत्व रहेको छ । देउडा गीत नेपाल सुदूर तथा मध्य क्षेत्रमा गाईने प्रचलित लोक गायन शैली हो। लोक डेउडा आदी नाम दिएको पाइन्छ। यो भाषा खासगरी बैतडी ,अछाम , बझाङ,बाजुरा , दार्चुला , डोटी , डडेलधुरा, कालिकोट,जुम्ला, दैलेख , जाजरकोट र हुम्ला जिल्लाहरूमा खेलिन्छ । बिसेष गरि सुदुर पश्चिम र मध्य पश्चिम मा देउडा खेल को धेरै नै महत्तो रहेको पाईन्छ। देवताल म्युजिक प्रा लि को प्रस्तुति मा न छुटौ पिरिम को डोरी देउडा एक्प्रेस युटुुब च्यानलबाट सार्वजनिक भएको छ । जसमा स्वर चर्चित देउडा गायक महेश कुमार औझी र चर्चित गायिका कल्पना बि.सी को रहेको । भने शब्द उपेन्द्र मायालुछ भने लय चाहिँ राहुल बि.सी को रहेको । सुदुर पश्चिम को अति रमणीय ठाँउ कैलालीको गोदावरीमा छायांकन गरिएको म्युजीक भिडियोमा गोबिन्द धामी, कोपिला ठकुरी, राजन भण्डारी, सरोज रोकाया, एंन दौल्यल र पदमा खड्का अभिनय गरेका छन् भने निर्देशन रबि आउझी ले गरेका छन् । तेसैगरी उक्त देउडा गी...

कैलालीकाे कैलारी गाउँपालिका डुबानमा, नेपाल प्रहरी संघ संस्था र स्थानीय र प्रतिनिधि को उपस्तिथिमा उद्दार गरिदैं

गोविन्द यस् धामी  धनगढी   : हिजो रातिदेखि परेको वर्षाका कारण २६० भन्दा बढी घरमा पानि पसेको हो।कैलारी ७ को बाढीपीडित गाउँ हरुको पालिका अध्यक्ष राज समझ चौधरी ज्यु प्रशासकिय अधिकृत वीर बहादुर ऐर ज्यु नेपाली सेना ससस्त्र प्रहरी नेपाल प्रहरी संघ संस्था र स्थानीय प्रतिनिधि को उपस्तिथिमा अनुगमन तथा उद्दार गरिदैंछ। कैलारी गाउँपालिकाका वडा नं ७ का अध्यक्ष  दिपेन्द्र बमले दिएको जानकारी अनुसार कैलारी गाउँपालिकाका भुँइयाँफाटा, रामपुर, वसन्ताका बस्तीमा पानि पसि २६० घरपरिवार बिस्थापित भएको बताएका छन्।  डुबान भएका बस्तीका परिवार लाई अहिले उद्धार गरिरहेको बताएको छ।आबस्यक राहत प्याकेज को ब्यबस्था गर्ने गाउँ पालिका अध्यक्ष राज समझ चौधरी ले गर्ने जानकारी दिनु भएको छ।

गायक हर्क विक र गायिका पुर्ण कला विसि को स्वर मा ठट्टेउलि देउडा गीत "बीगासे बड्डो" सार्वजनिक

  गोविन्द यस् धामी पस्चीम सन्देश  ।  गायक हर्क बिक र गायिका पुर्णकला बिसिको आवाज रहेको ठट्टेउली देउडा गीत ‘बिगासे बड्डो’ को भिडियो सार्वजनिक भएको छ । प्रकाश बिसीको शब्द रचना रहेको उक्त गीतमा संगीत भने गायक हर्कले नै भरेका हुन् । मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा दिपक संगम बिसीको संगीत संयोजन रहेको छ । त्यस्तै, गीतको भिडियोमा जयराज भट्टको निर्देशन रहेको छ भने मरुभूमि नारायणले छायांकन गरेका हुन् । उक्त भिडियोमा पदम ऐर, परमेश्वर दाहाल, सावित्री पुरी, गोपाल अर्याल र पशुपती जोशीले अभिनय गरेका छन् । विशेष गरी मध्यपश्चिम तथा सुदूपश्चिममा गाइने प्रचलित डेउडा गीत पश्चिमेलीहरुको मुख्य पर्व विशु मेला, नरहरी तथा सांस्कृतिक कार्यक्रमहरुमा सहभागी भई सुदूपश्चिमका अग्रज कलाकारहरुबाट केही कुराहरु सिक्दै र आफ्नै दाजु कलाकार भएकाले पनि आफूलाई गायन क्षेत्रमा साथ मिलेको उनले जानकारी दिए । रोशन धितालले सम्पादन गरेको उक्त भिडियो जयप्राप्ती म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । पहाडी जिल्ला बझाङको वित्थड चिर गाउँपालिका– १ मा जन्मिएका गायक हर्कको चौथो कोसेली स्वरुप उक्त गीत बज...

राम शीलाल म्युजिक को प्रस्तुतिमा गणेश खड्का को म छाडी अछाम बाइगई सार्वजनिक (भिडियो सहित)

    गोविन्द यस् पश्चिम समाचार। राम शीलाल म्युजिक को प्रस्तुतिमा राम शिलाल र शोभा थापा को स्वर मा मार्मिक देउडा म छाडी अछाम बाइगई भर्खरैै विशेष फिल्मस् युटुुब च्यानलबाट सार्वजनिक भएको छ। राम शिलाल म्युजिक सेन्टर ले भारत को पुणे मै छायांकन गरिएको यस गीत मा स्वर राम शिलाल र शोभा थापा को रहेको छ। भने गीत मा अभिनय रहेको छ सानुमाया गणेश खड्का खुस्बु भट्टराइ, र नरेश थापा रहेको छ। यस गीत मा निर्देशन गर्नु भएको छ रुपा शिलाल ले भने छायांकन अनि सम्पादन रबि आउजी ले गर्नु भएको छ । र म्युजिक एरेन्जर बिजय कुमार थापा मगर ले गर्नु भएको छ। प्रवास मा रहेर पनि राम शिलाल म्युजिक ले थुप्रै नेपालि देउडा तथा लोक दोहोरी गीत को रेकर्डिङ र छायांकन गर्दै आएको पनि जानकारी दिनु भएको छ। भारत को जुन सुकै ठाँउ मा पनि गीत रेकर्डिङ र भिडियो छायांकन को लागि राम शिलाल म्युजिक प्रा लि भारत पुणे लाई एक चोटी अबस्य सम्झनु होला पनि उहाँले जानकारी दिनु भएको छ। नेपालि भासा कला को जोगेर्ना गर्ने उद्देश्यले हामी लागि रहेको को पनि गायक राम सिलालले जानकारी दिनु भएको छ । र अझै दर्जनौ गित बजार मा आउन बाकि रहेको पनि जान...

सुदूरपश्चिममा गौरा पर्व तथा श्रीकृष्ण जन्माष्टमी मनाइँदै

  गोविन्द यस् धामी पस्चीम संदेश। उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम वासीले आज गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमीअघि नै अगस्त्य उदय हुने भएकाले भाद्र कृष्ण अष्टमीमै यो पर्व मनाउन लागिएको हो । सुदूरपश्चिममा गौरा पर्ब र देश भर आज‘श्रीकृष्ण जन्माष्टमीको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ । जन्माष्टमीका दिन पाटनको मङ्गल बजारस्थित प्रसिद्ध कृष्ण मन...

राम शीलाल म्युजिक को प्रस्तुतिमा राम शिलाल र शोभा थापा को स्वर मा हासी दिन् काटुली सार्वजनिक (भिडियो सहित)

  गोविन्द यस् पश्चिम समाचार ।  राम शीलाल म्युजिक को प्रस्तुतिमा राम शिलाल र शोभा थापा को स्वर मा हासी दिन् काटुली  भर्खरैै विशेष फिििल्मस् युटुुब च्यानलबाट सार्वजनिक भएको छ । राम शिलाल म्युजिक सेन्टर ले भारत को पुणे मै छायांकन गरिएको यस गीत मा स्वर  राम शिलाल र शोभा थापा को रहेको छ। भने गीत मा अभिनय रहेको छ एकेन्द्र बि सि  र कल्पना  ढुङ्गाना रहेको छ। यस गीत मा निर्देशन गर्नु भएको छ रुपा शिलाल ले भने छायांकन अनि सम्पादन रबि आउजी ले गर्नु भएको छ । र म्युजिक एरेन्जर बिजय कुमार थापा मगर ले गर्नु भएको छ। प्रवास मा रहेर पनि राम शिलाल म्युजिक ले थुप्रै नेपालि देउडा तथा लोक दोहोरी गीत को रेकर्डिङ र छायांकन गर्दै आएको पनि जानकारी दिनु भयो। नेपालि भासा कला को जोगेर्ना गर्ने उद्देश्यले हामी लागि रहेको को पनि गायक राम सिलालले जानकारी दिनु भएको छ । र अझै दर्जनौ गित बजार मा आउन बाकि रहेको पनि जानकारी गराउनु भएको छ। भिडीयो हेर्नुहोस्।

एलिस इन्टरटेनमेन्ट को प्रस्तुति मा जईमले भेना सार्वजनिक (भिडियो सहित)

  गोविन्द यस् धामी। भदौ १ ।  नेपाली सँगित क्षेत्रमा थुप्रै सांगीतिक कोसेलीहरु बजारमा प्रतिस्पर्धामा छन । तापनि सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गीत संगितको बेग्लै महत्व रहेको छ ।  सुदुरपस्चिम प्रदेशमा परम्परागत रुपमा मनाइने मौलिक चाँड ‘ओल्के’ सक्रन्तिका अवर मा एलिस इन्टरटेनमेन्ट को प्रस्तुति मा जईमले भेना एलिस इन्टरटेनमेन्ट कै युट्युब च्यानल बाट सार्वजनिक भएको छ।  शेर साउद को निर्देशन मा छायांकन गरिएको यस गीत मा स्वर रहेको   छ गायक तथा मोडेल चक्र बम र चर्चित गायिका रेखा जोशी छ भने एरेन्ज केशव वडु ले गर्नु भएको छ। यस गित को लय भक्त साउँदले बनाएका छन् भने  करन चैसिर ले क्यामरा मा कैद गरेका छन् र सम्पादन मनोज खत्री सर त्यस्तै गरी मिक्सिङ खडक बाजुरेली ले गर्नु भएको छ । गीत मा अभिनय रहेको छ रोजी कुँवर, ललित रावल, टेकेन्द्र रावल मनिष रावल को देख्न सकिन्छ।    सुदुर पश्चिम को स्कृतिमा आधारित गित जइमले भेना बजारमा आइसकेको छ ।सुदुरपस्चिम मा आजका दिन बन्ढुनी बार्ने , ओल्को रुपमा एक अर्का लाई घरासी चिज, वस्तु, सामाग्री उपहार दिने प्रचलन छ ।खास गरी ...

सुदूरपश्चिममा भारी वर्षा हुने सम्भावना

  गोविन्द यस् धामी पश्चिम संदेश। नेपालकाे धेरैजसो भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। सुदूरपश्चिम र प्रदेश न १ का केही स्थानहरुमा मध्यम देखि भारी वर्षाको पनि सम्भावना रहेको छ। प्रदेश १ लगायत देशका बाँकी पहाडी भूभागमा शुक्रबार राति आंशिक देखि सामान्य बदली र अन्य भूभागमा सामान्यतय सफा रहने महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

राम शीलाल म्युजिक को प्रस्तुतिमा यकेन्द्र विसी को मन परेकी मेरी माया सार्वजनिक (भिडियो सहित)

  गोविन्द यस् पश्चिम समाचार।    राम शिलाल म्युजिक को प्रस्तुतिमा यकेन्द्र विसी को आधुनिक गित  मन परेकी मेरी माया भर्खरैै  विशेष फिििल्मस् युटुुब च्यानलबाट सार्वजनिक भएको छ । राम शिलाल म्युजिक सेन्टर ले भारत को पुणे मै छायांकन गरिएको यस गीत मा स्वर रहेको छ राम शिलाल को रहेको छ। भने  गीत मा अभिनय रहेको छ एकेन्द्र बि सि कल्पना , ढुङ्गाना ,जान्वी बोगटि को रहेको छ। यस गीत मा निर्देशन गर्नु भएको छ रुपा शिलाल ले भने छायांकन अनि सम्पादन रबि आउजी ले गर्नु भएको छ । र म्युजिक एरेन्जर  बिजय कुमार थापा मगर ले गर्नु भएको छ। प्रवास मा रहेर पनि राम शिलाल म्युजिक ले थुप्रै नेपालि देउडा तथा लोक दोहोरी गीत को रेकर्डिङ र छायांकन गर्दै आएको पनि जानकारि दिनु भयो। नेपालि  भासा कला को जोगेर्ना गर्ने उद्देश्यले हामी लागि रहेको को पनि गायक राम सिलालले जानकारी दिनु भएको छ । र अझै दर्जनौ गीत अझै छायांकन हुन बाँकि नै रहेको पनि जानकारी गराउनु भएको छ। भिडीयो हेर्नुहोस्।

गायक चन्द र निरु देउवा को माया जाल यसरी छुट्यो ( भिडियो सहित)

 गोविन्द यस् धामी पश्चिम खबर। नेपाली सँगित क्षेत्रमा थुप्रै सांगीतिक कोसेलीहरु बजारमा प्रतिस्पर्धामा छन । तापनि सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गीत संगितको बेग्लै महत्व रहेको छ ।  गायक लोकेन्द्र बहादुर चन्दको जन्म बैतडी जिल्लाको आमचौरा गा.वि.स. वडा नं. ९ मा बुवा काशी चन्द र आमा भानमती चन्दको कोखबाट भएको हो ।   म छु रोल्पा रुकुम” २०६६ साल तिर गाएका गायक चन्द भन्नु हुन्छ “बिचमा केही समय गित रेकर्ड गराउन सकिन त्यसैले “म छु रोल्पा रुकुम” यल्बमबाट खासै मैले आफुलाई चिनाउन पनि सकिन बि.स २०७२ जन्मया ठाउँ बिरानी भईगई उन्को आफनै यल्बमबाट भने आफुलाई चिनाउन सफल भएका थिए। गायक चन्दले हालसम्म १० दर्जन भन्दा बढी गितमा स्वर दिईसकेको जानकारी दिनु भएको छ । उहाँ भन्नु हुन्छ जनम्या ठाँउ बिरानी भैगइ जनम्या ठाँउ बिरानी भैगइ गीत पछि मैले साङ्गितिक क्षेत्रमा धेरै कुरा सिक्न पाउनका साथै धेरै साथीहरुको माया पनि पाएको गायक चन्दले बताउनु भयो। पछिल्लो समय मा नाच्ची – नाच्ची हल्कन्या , पैन्ट खल्कन्या र ब्यागरिदेउ , ब्यागरिदेउ पोइल जान बेर छैन र पेटिकोट गीत बाट निकै चर्चा मा आएका चन्द ले छुट्...

कल्पना दाहाल र प्रदिप रोक्का दोहोरी च्याम्पियनमा विजेता।

 गोविन्द यस् धामी पश्चिम खबर । चर्चित गायिका कल्पना दाहाल र प्रदिप रोक्काको टीम दोहरी  च्याम्पियन मा विजय भएको छ । दोहोरी प्रतियोगिताको पहिलो भाग बिबादित बनेपनि यो भागमाा भने  सुधार गरेर आएको प्रष्ट देखिन्छ। कल्पना दाहाल र प्रदिप रोक्काको टीमअर्को राउनड खेलको लागि प्रवेश भएको छ।सबैको जिज्ञासालाई मेटाउने गरि कार्यक्रम अझै सभ्य र भब्य बनाउने  जानकारी  दिनु भएको छ। कार्यक्रम मा मिर्मि मुनि र काली परे दाइ गरि दुइओटा गीतमा दोहोरी खेलेका थिए। प्रदिप र कल्पनाको पक्षमा ६ सय १२ दशमलब ५ मत प्राप्त भएको थियो भने बिक्रम बाबु विश्वकर्मा र लक्ष्मी बस्नेतको पक्षमा ६ सय ७ मत प्राप्त भएको थियो। 

सूर्य चिन्ह केपी ओलीलाई नै दिने सर्वोच्च अदालत को फैसला

गोविन्द यस् धामी पश्चिम खबर।   सर्वाेच्च अदालतको फैसलासँगै सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको पार्टीले पाएको छ । सूर्य चिन्ह कसले पाउने भन्ने धुमधाम लडाई चलिरहेको थियो । यो लडाईंको निराकरण फरक ढंगले भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र दुई पार्टीको एकीकरण भंग भएसँगै दुवै पार्टी पूरानै अवस्थामा फर्किएका छन् । पूरानो अवस्थामा फर्कनासाथ सूर्य चिन्ह स्वत केपी शर्मा ओली नेतृत्वको पार्टी अर्थात् नेकपा एमालेको भएको छ । सर्वाेच्चको फैसलामा चुनाव चिन्ह बारे उल्लेख छैन । तर, दुवै पार्टी पूरानै अवस्थामा फर्कनासाथ सूर्य चिन्ह स्वत केपी ओली पक्षको भएको हो ।  नेपाली राजनीतिमा सूर्य चिन्ह सर्वाधिक प्रभावशाली ब्राण्डको रुपमा रहँदै आएको छ । ठूलो राजनीतिक उतारचढाव बीच पनि सूर्य चिन्ह हात पार्नुलाई केपी ओली पक्षले महान विजय भनेको छ ।

लालुमै को अपार सफलतापछि सन्दिप न्यौपानेको सान्बाबु सार्वजनिक

 गोविन्द यस् धामी पश्चिम खबर ।पछिल्लो समयमा नेपाली लोक गितको बजार निकै विस्तार भएको छ । हुनत तुलनात्मक रुपमा रंगिन दुनियाका अन्य विधामा भन्दा लोक गितका गायन र अभिनय विधाले कलाकारलाई सामान्य जिवन यापनमा सहज गराउने गरेको छ । चाडवाड,नयाँ वर्ष र उत्सवहरुको अवसरमा यस बिधाका कलाकारहरु बढीनै व्यस्त देखिने गरेका छन् । नाम अनि दाम दुवै हुने भएकोले पनि यो विधालाई रोज्ने युवा पिढिको जमात पछिल्लो समयमा बढ्दै गएको छ । त्यसो त आफ्नौ सौख पुरा गर्नका निमित्त पनि यो क्षेत्रमा होमिने युवा युवतिको जमात पनि उत्तिकै छ । नेपाली संगितमा होमिएका एक युवा हुन गायक तथा मोडल सन्दिप न्यौपाने । पछिल्लो समयमा लोक,आधुनिक र लोक पप गितमा आफुलाई निखार्दै अघि बढेका सन्दिपको एक पछि अर्को गित बजारमा आउदैछन र त्यस अनुरुप सफलता पनि पाईरहेका छन् । लालुमै को अपार सफलतापछि सन्दिप न्यौपानेको सान्बाबु सार्वजनिक भएको छ। उक्त गीतमा सम्झना भण्डारी र सन्दिप न्यौपानेको स्वर रहेको छ भने स्मारिका र संदिप न्यौपाने को दमदार अभिनय रहेको छ। र लय शब्द स्वयम गायक तथा मोडल न्यौपानेकै रहेको छ। र निर्देशन प्रकाश भट्टको र सम्पादन भने विष्णु श...

राम शीलाल म्युजिक को प्रस्तुतिमा कि सिंउदो मेटिजा भाग २ सार्वजनिक (भिडियो सहित)

    गोविन्द यस् पश्चिम समाचार।    राम शीलाल म्युजिक को प्रस्तुति मा पुरन परियार र सनम औजी को कि सिंउदो मेटिजा भाग २ राखिन सिंदुर को मान सुदुर धमाका युटुुब च्यानलबाट सार्वजनिक भएको छ ।  राम शिलाल म्युजिक सेन्टर ले भारत को पुणे मै छायांकन गरिएको यस गीत मा स्वर रहेको छ राम शिलाल र कल्पना बि सि को रहेको छ भने राम शिलाल र खुस्बु भट्टराइ सनम आउजी को अभिनय गरेका छन्। पुरन परियार र सनम औजी को लय शब्द  रहेको छ भने गित लाई एरेन्ज विजय थापा ले। गर्नु भएको छ र निर्देशन भने रुपा शिलाल ले गर्नु भएको छ। छायांकन सम्पादन रबि आउजिले गर्न भएको छ।अडियो भिडियो निर्माण शिलाल म्युजिक ले गर्नु भएको छ।   प्रवास मा रहेर पनि राम शिलाल म्युजिक ले थुप्रै नेपालि देउडा तथा लोक दोहोरी गीत को रेकर्डिङ र छायांकन गर्दै आएको पनि जानकारि दिनु भयो। नेपालि  भासा कला को जोगेर्ना गर्ने उद्देश्यले हामी लागि रहेको को पनि गायक राम सिलालले जानकारी दिनु भएको छ । र अझै दर्जनौ गीत अझै छायांकन हुन बाँकि नै रहेको पनि जानकारी गराउनु भएको छ। भिडीयो हेर्नुहोस्।

प्रवीण बाँस्तोला मृत्यु-प्रकरण: सरकारी वकिलले गर्‍यो ६ जना विरुद्ध मुद्दा दर्ता

 गोविन्द यस् धामी पश्चिम खबर। उर्लाबारी-५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु भएको घटनामा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ। सरकारी वकिलको कार्यालयले पक्राउ परेका दुई जना र फरार भएका ४ सहित ६ जनाविरूद्ध मोरङ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो। प्रहरीले पक्राउ गरेका होटल संचालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई र प्रवीणका साथी मोरङ रतुवामाई नगरपालिका-१० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जीसहित अन्य चार जनालाई फरार प्रतिवादी बनाएर मंगलबार अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यले जानकारी दिए। सोही मुद्दामा प्रवीणका साथीहरू उर्लाबारी नगरपालिका ६ प्रगति टोलका १९ वर्षीय सुदीप परियार, सोही ठाउँका ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका ९ का ३१ वर्षीय दिपेश पौडेल र प्रवीण शव भेटिएको घरधनी उर्लाबारी ६ फिल्म हल छेउका ६० वर्षीय रमेश गिरीलाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता भएको हो। अदालतमा अभियोग दर्ता भएपछि पक्राउ परेका...